Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी सुर्खेतलाई !

फाल्गुन २७, क्रिकेट हिमालय

सुर्खेतमा सम्पन्न कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ !

जिल्ला क्रिकेट संघ सुर्खेत द्वारा आयोजित प्रदेस स्तरिय उक्त प्रतियोगितामा आयोजक सुर्खेत सहित, दैलेख, जाजरकोट, रुकुम, सल्यान जिल्ला सहभागी रहेका थिय !

फाइनल : सुर्खेत भर्सेस रुकुम

टस जित्दै फर्स्ट ब्याटिङ गर्ने निर्णय गरेको रुकुम दिनेस पुनको ५७ रन र महेस बिस्टको १८ रनको सहयोगमा ११२ रन बनाउन सफल भयको थियो ! सुर्खेतका ललित प्याकुरेलले ४ विकेट लियेका थिय !

झिनो लक्ष पछ्याउँदै दोश्रो ब्याटिङ गरेको सुर्खेत निस्चल रावलको २९ रन र सन्देस रावतको २४ रनको मद्धतना ७ विकेट गुमाउँदै ११३ रन बनायपछी ३ विकेटले बिजयी रह्यो !

उक्त खेलको म्यान अफ दि म्याच सुर्खेतका ललित प्याकुरेल भए । प्रतियोगिताको म्यान अफ दी सिरिज सुर्खेतका रविन्द्रजंग शाही भए । त्यसैगरी उत्कृष्ट बलर रुकुमका विवश गिरी र उत्कृष्ट ब्याटस्म्यान सुर्खेतका निश्चल रावल भए ।