Cricket Himalaya
Cricket News From Top of The World

युनिभर्सिटी क्रिकेट कपमा डिएभि र न्यु समिट कलेजको बिजयी सुरुवात !

फाल्गुन २५, क्रिकेट हिमालय

युनिभर्सिटी क्रिकेट क्लब द्वारा आयोजित युनिभर्सिटी क्रिकेट कप आज बाट टि यु मैदानमा सुरु भयको छ !

ने क पा एमालेका सचिब प्रदिप ज्ञवाली उदघाटन समारोहका प्रमुख अतिथी रहनुभयको थियो भने अतिथिमा हिसानका अध्यक्ष रमेस सिलवाल रहनुभयको थियो !

आज सम्पन्न खेलहरुमा डि ए भि कलेज र न्यु समिट कलेज बिजयी भयका छन !

पहिलो खेल : डि ए भि कलेज भर्सेस टि यु “बि”

फर्स्ट ब्याटिङ गरेको डि ए भि कलेजले आदिल खानको ८० रन, सुधिर चौधरीको २९ रनको सहयोगमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनायको थियो ! टि यु “बि” का दिपेन्द्र बहादुर चन्दले ३ विकेट लियेका थिय !

विशाल लक्ष सहित दोश्रो ब्याटिङ गरेको टि यु “बि” बिरेन्द्र सिंह कार्कीको नट आउट २८, महेस खत्रीको २६ रनका बाबजुद २० ओभर खेल्दै ११२ रन मात्र बनाउन सफल भयपछी ४४ रनले पराजित रह्यो ! डि ए भि का सन्जय बस्नेतले ३ विकेट लियेका थिय !

डि ए भि कलेजका आदिल खान म्यान अफ द म्याच भयका थिय !

दोश्रो खेल : न्यु समिट कलेज भर्सेस बोन कलेज


फर्स्ट ब्याटिङ गरेको बोन कलेज १७.२ ओभरमा ८६ रन बनाउदै अल आउट भयको थियो ! बोन कलेज निमा छिरिङले सर्बाधिक ३७ रन बनायका थिय ! न्यु समिटका बलर जन्मेजय यादबले ३ विकेट लियेका थिय !

झिनो लक्ष पछ्याउँदै गरेको न्यु समिट ६ विकेटले बिजयी भयको थियो, ओपनर द्वय शुभम अग्रवाल र मिलन छेत्रीले क्र म स ३० र २० रनको योगदान दियेपछी १० ओभरमा ४ विकेट गुमाउदै लक्षमा पुगेको थियो !