Cricket Himalaya
Cricket News From Top of The World

रुकुम र सुर्खेत कर्णाली प्रदेश स्तरिय क्रिकेटको फाइनलमा प्रबेश !!

फाल्गुन २५, क्रिकेट हिमालय

कर्णाली प्रदेस स्तरिय टि २० क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत आज सम्पन्न खेलहरुमा रुकुम र जुम्ला बिजयी भयका छन ।

पहिलो खेल : रुकुम भर्सेस जाजरकोट

टस हारेर फर्स्ट ब्याटिङ गरेको रुकुमले युवराज के सि को ३९ रनको मद्धतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४६ रन बनाउन सफल भयको थियो । जाजरकोटका सन्दिप शाहीले ३ विकेट लिएका थिय ।

मध्यम लक्छ लिएर दोश्रो इनिङ सुरु गरेको जाजरकोट केसब अधिकारीको ४१ रनको योगदान रहेतापनी निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै मात्र १३१ रन बनायपछी रुकुम १५ रनले बिजयी रह्यो । रुकुमका दिनेस पुन र बिबस गिरीले समान २ विकेट लिएका थिय । २९ रनका साथै २ विकेट समेत लिने रुकुमका दिनेस पुन म्यान अफ द् म्याच भयका थिय ।

दोश्रो खेल : दैलेख भर्सेस जुम्ला

आजै सम्पन्न दोश्रो खेलमा टस हार्दै फर्स्ट ब्याटिङ गरेको जुम्ला, सुबर्ण शाहीको ३४ रनको सहयोगमा १८ ओभरमा अल आउट हुँदै १५० रन बनाउन सफल भयको थियो । दैलेखका नरेन्द्र सिंह र गोपाल बि सि ले समान २ विकेट लिएका थिय ।

प्रतिउत्तरमा मात्र १३.३ ओभर खेल्दै १०७ रन मात्र बनायपछी दैलेख ४३ रनले पराजित रह्यो । दैलेखको तर्फबाट पदम शाहीले सर्बाधिक १२ रन बनायका थिय । जुम्लाका मनोज भारती र समिर चन्दले समान २ विकेट लिएका थिय । जुम्लाका मनोज भारती म्यान अफ द् म्याच भयका थिय ।

आजबाट लिग चरणका सम्पूर्ण खेलहरु सकिएका छन । रुकुम र जाजरकोटको अन्तिम खेल पस्चात, समग्रमा रनरेटका आधारमा रुकुम फाइनल पुगेको छ् भने , प्रतियोगिताको अर्को फाइनलिस्ट सुर्खेत रहेको छ् ।

भोलि बिहान ठिक १० बजे सुर्खेत स्थित कालिन्चोक क्रिकेट मैदानमा सुर्खेत र रुकुम बिच फाइनल खेल हुनेछ !