Cricket Himalaya
Cricket News From Top of The World

नेपालको कमजोर ब्याटिङ प्रदर्शन, स्कटल्याण्डलाई १५० रनको चुनौती !

फाल्गुन २४, क्रिकेट हिमालय

क्विन्स स्पोर्ट्स क्लब, बुलावायो जिम्बाबेमा बिश्वकप छ्नोट अन्तर्गत एक महत्त्वपूर्ण खेलमा नेपाल र स्कटल्याण्ड एक आपसमा भिड्दै छन !

टस जितेर आस्चर्यजनक रुपमा फर्स्ट ब्याटिङ गर्ने निर्णय गरेको नेपाल ४७.४ ओभरमा अल आउट हुँदै मात्र १४९ रन बनाउन सफल भयको छ !

तस्बिर : ICC

नेपालले खेलेको फर्स्ट इन्निङको महत्त्वपूर्ण फेजहरु

१ मात्र २.२ ओभरमा ११ रन बनाउदा नेपालले दुबै ओपनर ज्ञानेन्द्र मल्ल र दिलिप नाथलाइ गुमायको थियो !

२ कुल ३९ रन बनाउदा ७.६ ओभरको खेल सकिदा सम्मै नेपालको आधा टिम पेबेलियन फर्किसकेको थियो !

३ कप्तान पारस खडकाले कुल ३० खेलमा २ सतक र ७ अर्धसतक सहित लिस्ट ए क्रिकेटमा १००० रन पूरा गरेका थिय !

४ नेपालले १४ ओभरमा ५ विकेट गुमाउदै ५० रन पूरा गरेको थियो !

५ नेपालको तर्फबाट पारस खडका र सोमपाल कामी बिच उच्च ४२ रनको पार्टनर्सिप भयको थियो !

६ पारस खडकाले लिस्ट ए मा सातौ अर्धसतकको रुपमा ६८ बलमा ५० रन पूरा गरेका थिय !

७ नेपालले २८.१ औ ओभरमा ७ विकेट गुमाउदै १०० रन पूरा गरेको थियो !

८ नवौ विकेटको लागि सन्दिप र वसन्त बिच सङ्हर्सपुर्ण २६ रनको साझेदारी मार्फत टिमको कुल स्कोर १४० नाघेको थियो !

९ स्कटल्याण्डका एस जि वाटिङ्हमले १० ओभरमा ३५ रन दिदै कुल ३ विकेट लियेका थिय !

१० नेपालको तर्फबाट कुल १५ चौका प्रहार भयो भने कुनै छक्का भयन !

स्क्वायड

स्कटल्याण्ड
K Coetzer*, M Cross (wk), C MacLeod, R Berrington, G Munsey, C Wallace, T Sole, S Sharif, M Watt, A Evans, S Whittingham

नेपाल
G Malla, D Nath (wk), P Khadka*, DS Airee, S Vesawkar, A Sheikh, R Kumar, S Kami, B Regmi, S Lamichhane, L Rajbanshi