Cricket Himalaya
Cricket News From Top of The World

नेपाल भर्सेस स्कटल्याण्ड, इतिहासको पुनरावृत्ति वा नयाँ !

फाल्गुन २४, क्रिकेट हिमालय

जिम्बाबेको क्विन्स स्पोर्ट्स क्लब मैदानमा बिश्वकप छनोट अन्तर्गत आज सर्बाधिक महत्त्वको खेलमा नेपाल र स्कटल्याण्ड भिडदै छन ! प्रतियोगितामा दुबै खेल जितेको स्कटल्याण्ड र पहिलो खेल हारेको नेपाल बिचको खेलमा अन्तर्निहित ८ प्रश्नको उत्तर सहित

१ को के चाहन्छन ?

– विश्वकप छनोट अन्तर्गत ग्रुप बि मा अफ्घानिस्तान र हङकङ लाई लगातार पराजित गर्दै टेबल टपर रहेको स्कटल्यान्ड आज नेपालको चुनौती फेस गर्दै गर्दा आफ्नो जितको मोमेन्टम कायम राख्न चाहन्छ ।

– जिम्बाबे सङ धरासायी भयको नेपाली बलिङ आक्रमण उठ्दै र उत्साहित रहेको ब्याटिङको निरन्तरता मार्फत प्रतियोगितामा अघि बढ्ने दाउ नेपालको रहेको छ !

२ हालसम्म प्रतियोगितामा को ले के गर्यो ?

– स्कटल्यान्ड, जुन अघिल्लो विश्वकप छनौटको बिजेता पनि हो, आफ्नो रेपुटेसन कायम राख्दै तिब्र गतिमा अघी बढेको अफ्घानिस्तानलाई ७ विकेटले आफ्नो पहिलो खेलमा रोक्न सफल रह्यो भने दोश्रो खेलमा हङ्कङलाई मात्र ९१ रनमा रोक्दै कन्भिन्सिङ ४ विकेटको जित दर्ता गर्न सफल रह्यो ।

– नेपाल, ब्रेन्डन टेलर र् सिकन्दर रजाको सतकिय पारीको मद्धतले बिशाल ३८० रन बनायको जिम्बाबे सामु आरिफ सेख र सरद भेस्वाकरको अर्धसतकिय इन्निङले सङ्हर्स त गर्यो तर ११६ रनको पराजय रोक्न सकेन !

३ अघिल्ला खेलबाट को ले के के प्रेणना लिने ?

– स्कटल्यान्डलाई सर्बाधिक खुशी के मा हुनपर्छ भने जित हात पार्न पालै पालो ब्याटिङ र बलिङको भुमिका रह्यो ! पहिलो खेलमा कलुम म्याक्लियडको १४६ बलमा १५७ रन शहित ब्याटिङ मार्फत जित दर्ता गर्‍यो भने दोश्रो खेलमा बलर हावी रहे, टोम सोल जो प्लएर अफ द् म्याच पनि रहे ४-१५ को प्रदसन जहाँ ५ मेडन ओभर समेत समाबेश थियो ।

– नेपाल, जहाँ बिर्सनलायक बलिङ प्रदसनका बाबजुद टेस्ट नेसन सङको २६०+ रन साथमा २/२ अर्धसतक र केही उपयोगी योगदान लाई आधार मान्दै आज अघि बढ्न सक्छ !

४ कमजोरी ?

– दुबै म्याच कम्भिन्सिङ रुपमा जितेको स्कटल्यान्डको मध्यक्रम टेस्ट भयको छैन भन्दा हुन्छ, अर्को समस्याको रुपमा म्याथ्यु क्रसको फर्म रहेको छ्, जो दुई खेलमा १८ र् २ रनमा सिमित भयका थिय । हङकङ बिरुद्धको सर्ट कोल्याप्स पनि नेपाली स्पिनपनिले स्टडि गरेकै होलान !

– परम्परागत ब्याटिङ चिन्ता रहने छ नै, साथमा ओपनिङको रोग छदै छ ! स्पिनर्स हावी नभयको दिन के गर्ने भन्ने प्लान छैन नेपाल सङ !

५ प्लएर्स टु वाच ?

कलुम म्याक्लियड : अफ्घानिस्तानका स्पिनर्सलाई २३ चौका र १ छक्का प्रहार गर्दै १४६ बलमा १५७ रन बनायका मायाक्लियड, स्पिनर्सले भरिपूर्ण नेपालको लागि पुन टाउको दु:खाइ रहनेमा द्विबिधा छैन ।

सन्दिप लामिछाने : डिबिजन टु का हाइएस्ट विकेट टेकर, शहरमा जसको सर्बाधिक चर्चा छ् , क्विन्स स्पोर्टस क्लब मैदानमा जहाँ उनको जादु चल्न सक्छ , १७ बर्शिय लेग स्पिनर सन्दिप लामिछानेको दिन राम्रो रहे स्कटल्यान्ड धरातलमा आउनेमा कुनै सन्का छैन ।

६ पिच कन्डिसन ?

– क्विन्स स्पोर्टस क्लब मैदानमा जिम्बाबेले नेपाल बिरुद्ध बिशाल ३८० रन मात्र बनाएन, अफ्घानिस्तान बिरुद्ध १९६ रनको लछ डिफेन्स गर्‍यो पनि, अर्थात पिचको बिहेभ अनुमान गर्न गार्हो छ् । यद्धपी दुबै खेलमा कम्पेरेटिभली स्पिनर्स राम्रा रहे ।

७ स्क्वायड

Scotland: Kyle Coetzer (c), Richie Berrington, Matthew Cross, Alasdair Evans, Michael Jones, Michael Leask, Calum MacLeod, George Munsey, Safyaan Sharif, Chris Sole, Tom Sole, Craig Wallace (wk), Mark Watt, Brad Wheal, Stuart Whittingham.

Nepal: Paras Khadka (c), Aarif Sheikh, Dipendra Singh Airee, Lalit Bhandari, Shakti Gauchan, Karan KC, Sandeep Lamichhane, Gyanendra Malla, Dilip Nath, Rohit Kumar, Lalit Rajbanshi, Basant Regmi, Anil Sah, Sompal Kami, Sharad Vesawkar.

८ बिगत ?

– हालसम्म खेलियेका ३ वटै खेलमा स्कटल्याण्ड नेपाल बिरुद्ध बिजयी रहेको इतिहास छ !

के जित्ला त नेपालले वा स्कटल्याण्ड अघि बढ्ने छ ? प्रश्नको उत्तर भने १:१५ नेपाली समय अनुसार सुरु हुने खेलको अन्तिम बल फालेको कुर्नै पर्ने हुन्छ !