Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रदेश स्तरिय टि-२० क्रिकेट प्रतियोगितामा आज सल्यान, जुम्ला र सुर्खेत  बिजयी !

फाल्गुन २३, क्रिकेट हिमालय

कर्णाली प्रदेस स्तरिय टि२० क्रिकेट प्रतियोगितामा आज सल्यान, जुम्ला र सुर्खेत बिजयी भयका छन !

पहिलो खेल : सल्यान भर्सेस दैलेख

टस जितेर फर्स्ट ब्याटिङ गरेको दैलेख, पदम साहिको ४७ रनको मद्धतले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनायको थियो ! सल्यानका समिप श्रेष्ठले ३ विकेट लियेका थिय !

झिनो लक्ष लियेर मैदानमा उत्रेको सल्यान चन्द्र बि सि को ४३ रनको मद्धतले मात्र ९.१ ओभरमा १ विकेट गुमाउँदै ९३ रन बनायपछी, ९ विकेटले बिजयी रह्यो ! नगेन्द्र भन्डारिले दैलेखको तर्फबाट १ विकेट लियेका थिय !

सल्यानका चन्द्र बि सि म्यान अफ द म्याच भयका थिय !

दोश्रो खेल : जुम्ला भर्सेस रुकुम

टस हार्दै फर्स्ट ब्याटिङ गरेको रुकुम महेन्द्र बि क को १३ रनको मद्धतले मात्र ११.१ ओभरमा अल आउट हुदै ५५ रनमा खुम्चियेको थियो ! जुम्लाका अमर के सि र मिनेन्द्र साहिले समान ३/३ विकेट लियेका थिय !

समिर चन्दले ३६ रन बनायपछी जुम्लाले मात्र ६ ओभरमा कुनै विकेट नगुमाइ सहज लक्ष पछ्याउँदै खेल १० विकेटले जित्न सफल भयको थियो !

जुम्लाका अमर खत्री म्यान अफ द म्याच भयका थिय !

तेश्रो खेल : सुर्खेत भर्सेस जाजरकोट

टस जितेर फर्स्ट ब्याटिङ गरेको सुर्खेत निस्चल रावलको आक्रमक ७० रनको सहयोगमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै बिसाल २१४ रन बनायको थियो ! जाजरकोटका प्रमाण मल्ल र मनिस सिन्हले समान २/२ विकेट लियेका थिय !

बिसाल लक्ष पछ्याएको जाजरकोट सुमन गुरुङको ४७ रनका बाबजुद १८.१ ओभरमा सबै विकेट गुमाउदै मात्र १३८ रनमा रोकियेपछी ७६ रनको पराजय बेहर्यो ! सुर्खेतका ललित प्याकुरेलले ५ विकेट लियेका थिय !

सुर्खेतका निस्चल रावल म्यान अफ द म्याच भयका थिय !