Cricket Himalaya
Cricket News From Top of The World

एक्स्पर्ट कलेज प्रिमियर लिग, काठमान्डौ अन्तर्गत मोर्गन कलेजको विशाल जित !

फाल्गुन २३, क्रिकेट हिमालय

तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग २०१८ को काठ्मान्डौं जिल्लाको छैठो दिनको पहिलो खेल अन्तर्गत मोर्गन कलेज १५२ रनले बिजयी भयको छ !

युनिग्लोब ए भर्सेस मोर्गन कलेज

टस जितेर पहिलो ब्याटिङ रोजेको मोर्गन कलेजले निधारीत २० ओभरको खेलमा ६ विकेटको नोक्सानीमा २३९ रनको लक्ष्य बनाएको थियो । उस्का लागी आयुशमान बमले सर्वाधिक १३५ र सुरज बोहराले ८२ रन जोडेका थिए ।

बलिङ्ग तर्फ युनिग्लोब ए का अर्विन्द यादवले ३ ओभर १८ रन ३ विकेट लिएका थिए ।

प्रतिउत्तरमा उत्रेको युनिग्लोबले १३.५ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ८७ रन बनाएको थियो । उस्का लागी शास्वत पैडेलले १५ रन बनाएका थियो । बलिङ तर्फ मोर्गन कलेजका सरोज ऐरले ३ ओभर ३ रन ४ विकेट लिएका थिए ।

म्यान अफ द म्याच आयुशमान बम घोसित भएका थिए ।