Cricket Himalaya
Cricket News From Top of The World

पि एम कप महिला राष्ट्रिय क्रिकेटको उपाधी एपिएफ क्लबलाई !!

फाल्गुन १३, क्रिकेट हिमालय

धनगढीको फाप्ला क्रिकेट मैदानमा यहि फाल्गुन ९-१३ गतेसम्म सन्चालित सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिताको उपाधी ए पि एफ ले जितेको छ !

तस्बिर : निरा राजोपाध्याय

५ बिकास छेत्रको टिम र ए पि एफ गरि कुल ६ टिम सम्मिलित उक्त प्रतियोगितालाई दुई समुहमा बिभाजन गरियेको छ !

ग्रुप बिभाजन

सुदुरपस्चिमान्चल, मध्यमान्चल र पस्चिमान्चल ग्रुप ए मा रहेका छन भने पुर्बान्चल, मध्यपश्चिमान्चल र ए पि एफ ग्रुप बि मा रहेका

खेल तालिका र नतिजा

फाल्गुन ९

सुदुरपस्चिम भर्सेस पश्चिमान्चल

पश्चिमान्चलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन मात्र जोड्न सकेको थियो !पश्चिमान्चलले दिएको ७४ रनको सामान्य लक्ष्य सुदूरपश्चिमान्चलले १७.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

ए पि एफ भर्सेस मध्यपस्चिमान्चल

मध्यपश्चिमाञ्चलले खराव ब्याटिंग गर्दै १८.४ ओभरमा ३६ रन जोड्दा सबै विकेट गुमाएको थियो !मात्र ३७ रनको लक्ष्य एपीएफले ४.५ ओभरमा कुनै विकेट नगुमाई भेट्टायो।

फाल्गुन १०

मध्यमान्चल भर्सेस पश्चिमाञ्चल

मध्यमाञ्चलले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रन जोडेको थियो। जवाफमा ११४ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको पश्चिमान्चलले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदा ६४ रन मात्र जोड्न सक्यो !

पुर्बान्चल भर्सेस ए पि एफ

पुर्वान्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ६४ रनको योगफल तयार गरेको थियो ! पुर्वान्चलले दिएको ६५ रनको लक्ष्य एपीएफले ६ विकेट गुमाएर पुरा गर्यो !

फाल्गुन ११

पुर्बान्चल भर्सेस मध्यपश्चिमान्चल

– पुर्वाञ्चलले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतीमा १ सय ३४ रन बनायो । १ सय ३५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको मध्यपश्चिमाञ्चलले ओभरमा सबै विकेट गुमाउदै ३६ रनमै समेटियो । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्री भईन्।

सुदुरपस्चिमान्चल भर्सेस मध्यमान्चल

– मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो। सुदुरपश्चिमले २० ओभरमा ३ विकेटको क्षतीमा ९३ रन मात्रै बनाउन सक्यो ! नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भईन्।

फाल्गुन १२ : सेमिफाइनल

पुर्बान्चल भर्सेस मध्यमान्चल

– पहिले ब्याटिंग गरेको पूर्वाञ्चलले २० ओभरमा २ विकेट गुमाउदै ११९ रनको योगफल तयार पारेको थियो । मध्यमान्चलले २० ओभरमा सबै विकेट गुमाउदै मात्र ६६ रन बनाउन सक्यो। प्लेयर अफ द म्याच पुर्वान्चलकि काजोल श्रेष्ठ घोषित भईन् ।

सुदुर पस्चिमान्चल भर्सेस ए पि एफ

एपीएफले २० ओभरमा ४ विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको थियो । पस्चिमान्चलले १९ ओभरमा सबै विकेट गुमाउदै मात्र ५५ रन बनायो।खेलको प्लेयर अफ द म्याच सिता राना मगर भईन्।

फाल्गुन १३ : ए पि एफ भर्सेस पुर्बान्चल

धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउदै मात्र ६० रन बनायो । उसका लागि काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक छुन सकेनन् । एपिएफका लागि कसिलो बलिङ गरेका रेखा रावल , करुणा भन्डारी, सीता राना मगर, रितु कनोजीया र अन्जली चन्दले १–१ विकेट लिए ।

जवाफमा ६१ रनको लक्ष्य एपीएफले १६ ओभर तीन वलमा तीन विकेट गुमाउदै पुरा गर्यो । एपीएफको जीतमा ज्योती पाण्डेले २२, सरिता मगरले अविजीत १५ रनको योगदान दिए । पुर्बान्चलका सङिता राइ र शान्ति चौधरीले एक–एक विकेट लिए पनि जीतका लागि पार्याप्त भएन् ।

विजेता एपीएफले पाँच र उपविजेता पूर्वाञ्चलले दुई लाख पुरस्कार प्राप्त गरे । व्यक्तिगत विधातर्फ पूर्वाञ्चलका खेलाडीको वर्चश्व रह्यो ।


पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट वलरसहित प्लेयर अफ द सिरिज घोषित भइन् । उत्कृष्ट ब्याट्स वुमन पनि पूर्वाञ्चलकै काजल श्रेष्ठ बनिन् । सुदूरपश्चिमाञ्चलकी लक्ष्मी साउद उदियमान खेलाडी बन्दा फेयर प्ले टिम पनि सुदूरपश्चिमाञ्चल नै चुनियो ।