Cricket Himalaya
Cricket News From Top of The World

दोलखामा सम्पन्न अन्तर मा वि क्रिकेटको उपाधी कालिन्चोक मा वि लाइ !!

राज खत्री, फागुन ११ 

प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण दोलखा सदरमुकाम चरिकोट स्थित टुडिखेल मैदानमा फागुन ७ देखि प्रजातन्त्र दिवसको अवसरमा आयोजित जिल्ला व्यापी अन्तर माध्यमिक बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी कालिन्चोक मा वि ले जितेको छ !

टस हारेर ब्याटिङ गर्न आएको कालिन्चोकले राम्रो ब्याटिङ गर्न नसक्दा १३.४ ओभरमा अल आउट हुँदै ११२ रन मात्र जोड्न सक्यो। कालिन्चोकका सिताराम साह ले सर्वाधिक २३ रन जोडे। तेस्तै राइजिङका रोहित न्यौपानेले ३ विकेट र दिक्पाल तामाङले ३ विकेट र राज बिक्रमले ३ विकेट लिए।

११३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको राइजिङले पनि राम्रो प्रदर्शन गर्न सकेन। पावर प्ले भएर दबाबमा रहेको राइजिङ ले ३ विकेट गयो। दिल बहादुर थामी को उत्कृष्ट बलिङले गर्दा निर्धारित १६ ओभरमा ९ विकेट गुमाउदै राइजिङले मात्र १०३ रन मात्र बनाउन सक्यो। राइजिङका रोहितले सर्वाधिक ३२ रन जोडे भने कालिन्चोकका गौरव गुरुङले ३ विकेट, लक्ष्मण दासले २, दिल थामीले २ र मनिष तामाङले २ विकेट लिए।

खेलको म्यान अफ दि म्याच र टुर्नामेन्टको बेस्ट बोलर दिल बहादुर थामी भए। बेस्ट क्याचर अजित फुयाल, बेस्ट क्याप्टेन रिजन कार्की, बेस्ट विकेट किपर सचिन मण्डल, बेस्ट ब्याट्सम्यान सुपर सिक्सर र म्यान अफ दि सिरिज रोहित न्यौपाने ( १६७ रन ८ विकेट र १८ छक्का ) भए !

त्यस्तै फिएर प्ले को उपाधी मोर्डन नेपाल ले हात पार्यो। प्रतियोगिता बिजेता कालिन्चोकले नगद रु.२० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपबिजेता राइजिङले नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।

आगामी वर्ष देखि यश प्रतियोगिता मेयर कपको नाममा सन्चालन हुने भिमेश्वर न.पा का मेयर भरत केसि ले जानकारी गराउनुभयो !