Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिग “ए” डिबिजन अन्तर्गत देबदह क्रिकेट युनिट बिजयी !

भैरहवा , ११ फागुन ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’ को समूह (बी) को खेलमा देवदह क्रिकेट युनिट देवदहले वेष्टर्न क्रिकेट क्लब बुटवललाई ६६ रनले पराजित गरेको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर १ बल खेल्दै सबै विकेट गुमाई २ सय ३६ रनको योगफल बनाएको थियो । उसका लागि अर्जुन रायमाझीले ७९, हरिबहादुर चौहानले ६७ र सुरज दरईले ३६ रनको योगदान दिए । बलिङमा वेष्टर्नका राहुन विकले ५ तथा देवेन्द्र चौधरीले ३ विकेट लिए । 

प्रतिउत्तरमा २ सय ३७ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको वेष्टर्नले ४२ ओभर  खेल्दै सबै विकेट गुमाई १ सय ७० रन मात्र बनाउन सक्यो । उसका लागि राहुल विकले ३१ र भुवन पाण्डेले २३ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा टिमले हार व्यहो¥यो । बलिङमा देबदहका लागि खेलका म्यान अफ द म्याच समेत भएका अर्जुन रायमाझीले ३, अभिषेक न्यौपाने र रोशन गौतमले समान २/२ विकेट लिए । 

शनिबार समूह (डि) अन्तर्गत लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र बुद्ध क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका सचिव संजय गुरुङले बताए ।

प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।