Cricket Himalaya
Cricket News From Top of The World

राष्ट्रिय क्रिकेट टिमको प्रधानमन्त्री द्वारा बिदाई, घोषणा गरे अनुरुप नगद ३ लाख प्रदान !!

फाल्गुन ११, क्रिकेट हिमालय

वर्ल्ड क्रिकेट लिग डिबिजन दुई मार्फत बिश्वकप छनोटको लागि जिम्बाबे जादै गरेको रास्ट्रीय क्रिकेट टिमलाइ आज एक कार्यक्रम बिच प्रधानमन्त्री के पि शर्मा वलिले बिदाइ गर्नु भयको छ !

येसै गरि येस अघिको सम्मान कार्यक्रममा प्रधानमन्त्री कार्यालय तर्फबाट घोषणा गरियेको जनही रु ३ लाख र मदन भन्डारी स्पोर्ट्स क्लबले जनही रु १ लाख गरि कुल प्रती खेलाडी रु ४ लाख आज खेलाडिहरुलाइ प्रदान गरियेको छ !


मुलपानीलाइ १० करोड बजेट यो बर्स बिनियोजन गरियेको छ ! यहि बर्श महिला क्रिकेट र पुरुष क्रिकेटलाइ क्र म स ३० लाख र ६५ लाख बिनियोजन गरेको जानकारी खेलकुद मन्त्रालयका सचिबले जानकारी दिनु भयो !


प्रधानमन्त्री के पि वलि “क्रिकेट टिमले देसको नाम राखेको छ, सफलताको क्रममा छौ ! सम्मानित गरेका छौ सफल टिमलाइ, अरु सम्मान गर्ने मौका प्राप्त होस शुभकामना दिन चाहन्छौ ! नेपाल समृद्धिको बाटोमा जाँदै जसको सुरुवात क्रिकेट मार्फत हुदै “

कप्तान पारस खडका ” खेलाडिबाट सक्दो प्रयास भयको छ देसको नाम उठाउन, तर अब क्रिकेट अब अघि बढाउन राज्यले प्रार्थमिकतामा राख्नुपर्छ !यो सम्मानले अझ उत्साह बढेको छ,अझ राम्रो नतिजाको लागि प्रयास गर्नेछौ”

मदन भन्डारी स्पोर्ट्स एकेडमी अध्यक्ष बिनोद श्रेष्ठ “क्रिकेट बोर्ड नभै अब नेपाली क्रिकेट अघि बढ्न गार्हो हुनेछ, तसर्थ खेलाडिको सफलता सङै क्रिकेट प्रसासन सोही अनुरुप हुन जरुरी छ, मदन भन्डारी क्रिकेट एकेडमी टिमको हौसलाको निमित्त यो सहयोग गरियेको हो