Cricket Himalaya
Cricket News From Top of The World

दोलखामा जारी अन्तर मा बि क्रिकेट प्रतियोगितामा राइजिङ र कालिन्चोक फाइनलमा !!

राज खत्री, फागुन १०

प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण दोलखा सदरमुकाम चरिकोट स्थित टुडिखेल मैदानमा फागुन ७ देखि प्रजातन्त्र दिवसको अवसरमा आयोजित जिल्ला व्यापी अन्तर माध्यमिक बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिताको फाइनल टोलि टुङ्गो लागेको छ।

आज भएको पहिलो सेमिफाइनलमा मोर्डन नेपाल विरुद्ध १० विकेटको जित निकाल्दै कालिन्चोक मा वि फाइनलमा प्रवेश गरेको थियो।

टस जितेर फिल्डिङ रोजेको कालिन्चोक ले मोर्डन नेपाल लाई १४.२ ओभरमा अल आउट गरेर ४६ रनको लक्ष्य पाएको थियो। कालिन्चोकको बलर द्वारा धरसाइ भएको मोर्डन नेपाल ले मात्र ४५ रन हुदा अल आउट हुन पुग्यो मोर्डन नेपाल को तर्फबाट निर्मन खड्काले सर्वाधिक ६ रन जोडे तेस्तै कालिन्चोक मा वि का दिल थामी ले ४ र लक्ष्मण दासले ३ विकेट लिए।

४६ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेका कालिन्चोकका ओप्नर सिताराम दास र मनु थामी ले ३ ओभरमा पूरा गरे। लक्ष्य पूरा गर्ने क्रममा दासले ८ रन र थामीले ३३ रन जोडे

खेलको म्यान अफ दि म्याच लक्ष्मण दास घोषित भए।

तेस्तै दोस्रो सेमिफाइनल राइजिङ ले भिम मा वि माथी ११० रनको जित हासिल गरेको छ। टस हारेर ब्याटिङ गर्न आएको राइजिङले निर्धारित १६ ओभरको खेलमा ४ विकेट गुमाउँदै १८६ रनको बिजयी लक्ष्य प्रस्तुत गर्यो। राइजिङका ब्याट्सम्यान रोहित न्यौपाने ले १८ बलमा ६ छक्का र ६ चौका को मद्दतले नट आउट ६५ रन र सचिन मण्डलले २२ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतले नट आउट ४८ रन जोडे।

१८६ को लक्ष्री लिएर मैदानमा उत्रेको भिम मा वि कसैले धेरै बनाउन नसक्दा १३.२ ओभरमा ७५ रन बनाउदा अल आउट भयो। राइजिङका दिक्पाल तामाङले ५ विकेट र रोहित न्यौपानेले २ विकेट लिए।

खेलको म्यान अफ दि म्याच दिक्पाल तामाङ घोषित भए।

फाइनल खेल फागुन ११ गते बिहान ११ बजे बाट सुरु हुनेछ। दुबै टोलि बिजयी को दाबेदार भएको हुनाले फाइनल एकदमै रोमाञ्चक हुने नेपाली क्रिकेट समर्थक समाज (NCSS) मेम्बर राज खत्री को दाबी रहेको छ।