Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिग अन्तर्गत डिभिजन ‘ए’ को पहिलो खेलमा सिवशक्ती क्रिकेट क्लब बिजयी !!

फाल्गुन १०, क्रिकेट हिमालय

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबारबाट डिभिजन ‘ए’ अन्तर्गत लिग चरणका खेल सुरु भएका छन् । लिग चरणमा समूह (ए) को पहिलो खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले ज्ञानोदय क्रिकेट क्लब करहियालाई १ सय ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको शविशक्तिले निर्धारित ५० ओभरको खेलमा ४९ ओभर ४ बलमा सबै विकेट गुमाई ३ सय ४ रन बनायो । उसका लागि अनिल थापाले सर्वाधिक ७३ रनको योगदान दिए भने यम क्षेत्रीले ५२, सुमन अधिकारीले ३८ र कृष्ण कार्कीले ३६ रन बनाए । बलिङमा ज्ञानोदयका सन्तोष क्षेत्री र निशान पुरीले समान ३/३ विकेट लिए ।

प्रत्तिउत्तरमा ३ सय ५ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको ज्ञानोदय ३४ ओभर २ बलमा सबै विकेट गुमाई १ सय २२ रनमै समेटियो । उसका लागि निशान पुरीले ३६ र निशान शर्माले ३० रन बनाए पनि जितका लागि प¥याप्त भएन । ज्ञानोदयलाई सस्तैमा समेट्ने क्रममा बलिङमा शिवशक्तिका म्यान अफ द म्याच समेत रहेका अनिल थापाले ४ विकेट लिए । यस्तै विधान सुनार, हरजित सिंह र कृष्ण कार्कीले समान २/२ विकेट लिए ।

शुक्रबार समूह (बी) मा रहेका वेष्टर्न क्रिकेट क्लब बुटवल र देवदह क्रिकेट युनिट देवदहबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । रुपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।