Cricket Himalaya
Cricket News From Top of The World

क्रिकेटर्सहरुलाई कर्पोरेट हाउसको प्रायोजन, दिपेन्द्र र सन्दिप लाखौमा अनुबन्धित !! 

फाल्गुन १०, क्रिकेट हिमालय 

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एघारौँ वार्षिक उत्सवको अवसर पारेर  नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन  टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षको प्रयोजन गरेको छ । 

बैंकले ऐरीलाई एक वर्षका लागि रु ४ लाखको प्रायोजन गरेको हो !मासिक रु. २०,००० हजार र बाँकी रकमको स्पोर्ट्स किट  प्रदान गर्नेछ ।तस्बिर : फाइल तस्बिर 

त्यसैगरि सानिमा बैंकले नेपाली राष्ट्रिय तथा अण्डर–१९ क्रिकेटका युवा खेलाडी सन्दीप लामिछानेको प्रायोजन रकम दोब्बर पारेको छ । दुर्इवर्ष अघि सन्दीपलार्इ मासिक २० हजार रुपैयाँ दिने सम्झौता गरेको सानिमाले बिहीबार उक्त रकम दोब्बर पारेको हो।

आज एक कार्यक्रम बिच सानिमा बैन्कले थप दुर्इ वर्षका लागि सन्दीपलार्इ मासिक ४० हजार रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेको हो।