Cricket Himalaya
Cricket News From Top of The World

बहुचर्चित घरेलु टि-२० लिग डिपिएल सँग सम्बन्धित २० सम्भावित प्रश्नहरुका उत्तर !!

धनगढी प्रीमियर लिग (डि पि एल ) को आज सम्पन्न अक्सन पश्चात् आम समर्थकहरु बिच ब्याप्त निम्न अनुसारका २० सम्भावित प्रश्नहरु उत्तरसहित क्रिकेट हिमालय मार्फत राखियेको छ !

१ डि पि एल के हो ?

नेपाली क्रीकेटका अभियन्ता सुबाश शाहीको नेत्रित्वमा क्रीकेटको शहर धनगढीमा दोश्रो सन्स्करणमा आयोजित हुँदै गरेको घरेलु टि२० फ्रेन्चाइज्ड बेस्ड क्रीकेट लिग धनगढी प्रीमियर लिग हो डि पि एल ।

२ कती वटा टिमहरु छन ?

डि पि एल मा काठमान्डौ गोल्डेन्स, सि वाइ सि अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स, टिम चौराहा धनगढी, बिराटनगर किङ्स गरी कुल ६ टिमहरु रहेका छन ।

३ कहिले देखी हुँदै छ् ?

आगामी चैत्र १७ गते देखी बैशाख १ सम्म धनगढीमा डि पि एल हुँदै छ् ।

४ टिमका मालिकहरु को को हुन ?

काठमान्डौ गोल्डेन्सको गोल्डेन गेट एजुकेसन नेटवर्क, सि वाइ सि अत्तरियाको क्रीयटिभ युथ क्लब, महेन्द्रनगर युनाइटेडको सुशिल कुमार श्रेष्ठ, रुपन्देही च्यालेन्जर्सको सुरज उप्रेती, टिम चौराह धनगडीको राजकुमार श्रेष्ठ, बिराटनगर किङ्सको पारस लुनिया टिम मालिकको रुपमा रहेका छन ।

५ टिम कसरी छनोट भयो ?

करिब १९० खेलाडीहरु डि पि एल अक्सनको लागि दर्ता भयका थिय, जसबाट १२ जना अक्सन मार्फत हरेक टिमले किनेका छन भने १ जना स्ट्र्याटेजिक प्लएर्सको रुपमा हरेक टिमले छनोट गरीसकेका थिय । २ जना बिदेसी खेलाडीहरु हरेक टिमले केही समय पस्चात आफ्नो टिममा समाबेश गर्ने छन ।

६ स्ट्र्याटेजिक प्लएर्सहरु को को हुन ?

काठमान्डौ गोल्डेन्सको ज्ञानेन्द्र मल्ल, सि वाइ सि अत्तरियाको दीपेन्द्र सिंह एरी, महेन्द्रनगर युनाइटेडको बिनोद भण्डारी, रुपन्देही च्यालेन्जर्सको शक्ती गौचन, टिम चौराह धनगडीको सोमपाल कामी र बिराटनगर किङ्सको पारस खडका टिमका स्ट्र्याटेजिक प्लएर्सको रुपमा रहेका छन ।

७ अक्सन मार्फत किन्न हरेक टिमलाई कती बजेट छुट्याइएको थियो ?

हरेक टिमले रु ११ लाखमा अक्सन मार्फत १२ जना खेलाडिहरु किन्नपर्ने सिमितता तोकिएको थियो ।

८ अक्सनमा टिमको क्याटोगरी कतीवटा थिय ?

कुल दर्ता खेलाडिहरु ए, बि, सि र डि गरी ४ क्याटोगरिमा खेलाडिहरु छुट्याइएको थियो ।

९ खेलाडिहरुको बर्गिकरण के को आधारमा छुट्याइएको थियो ?

कम्तिमा १५ इन्टर्न्यासनल खेल खेलेका वा लगातार ३ बर्ष देखी रास्ट्रीय टिममा प्रतिनिधित्व गर्ने खेलाडिहरु ए क्याटोगरिमा, बाँकी रास्ट्रीय खेलाडिहरु र उमेर समुहका रास्ट्रीय खेलाडिहरु बि क्याटगोरिमा, अनक्याप्प्ड खेलाडिहरु सि क्याटोगरिमा थिय भने ट्यालेन्ट हन्ट मार्फत छनोट गरिएका खेलाडिहरु डि क्याटगरिमा थिय ।

१० अक्सनमा खेलाडिहरुको अधिकतम र् न्युनतम मुल्य कती थियो ?

ए क्याटोगरिमा पर्ने खेलाडिहरुको न्युनतम मुल्य रु १ लाख थियो भने अधिकतम १ लाख ५० हजार रहेको थियो , बि क्याटगरिमा न्युनतम मुल्य रु ५० हजार र् अधिकतम मुल्य रु १ लाख थियो, सि क्याटगोरिमा न्युनतम मुल्य रु २५ हजार र् अधिकतम मुल्य रु ७५ हजार रहेको थियो भने क्याटगरी डि मा न्युनतम मुल्य रु १० हजार थियो भने अधिकतम मुल्य रु २५ हजार रहेको थियो ।

११ कुन टिमले कुन खेलाडी कती मुल्यमा किने त ?

१२ सबै भन्दा महङा खेलाडी को को भय अक्सनमा ?

बसन्त रेग्मी, करण के सि, आरिफ सेख, सागर पुन अधिकतम रु १ लाख ५० हजारमा बिक्री भयका थिय ।

१३ पहिलो राउन्डको अक्सान समाप्तीपछी अनसोल्ड प्लएर्सहरु मध्यबाट पुन लियिएका खेलाडिहरु को को थिय ?

कुल ७२ खेलाडिहरु अक्सन मार्फत बिक्री हुने थियो, तर पहिलो राउन्डको अक्सनमा जम्मा ६१ जना खेलाडिहरु मात्र बिक्री भयका थिय भने दोश्रो राउन्डको अक्सन मार्फत सञ्जय बस्नेत, भुवन के सि, रविन छेत्री, दीपेन्द्र चन्द, मन्जित श्रेष्ठ, फिर्दोश अन्सारी, दिपेस श्रेष्ठ, आकाश थापा, महेश अधिकारी, रोमन बम, राजु रिजाल गरी ११ जना बिक्री भयका थिय ।

१४ कुन कुन खेलाडी यो दोश्रो सिजनको डि पि एल मा बिक्री हुन सकेनन ?

क्याटगोरी ए मा रहेका चन्द्र सावद, राहुल कुमार विश्वकर्मा, मेहबुव आलम, सन्जम रेग्मी लाई कुनै पनि टिमले समाबेश गरेनन !

क्याटोगरी बि मा बिक्री हुन नसकेका खेलाडिहरुमा प्रतिस जि सि, प्रकाश बिष्ट, रतन रौनियार, सुरेन्द्र चन्द, प्रकाश के सि, निर्मल थापा, इसान पाण्डे, जितेन्द्र सिंह ठकुरी, राजाबिर सिंह, यज्ञमान कुमाल, सशी केसरी, आकाश बिष्ट, अनिल खरेल, अबिनास कर्ण, आदिल खान,सुशान्त सिंह थापा, सुबेन्दु पाण्डे, निश्चल चौधरी, अनुपाम सिंह, रुपेश कुमार श्रिवास्तव, भिम शार्की, नन्दन यादव, हिमान्शु दत्त, नुरधोज सेन, हसिम अन्सारी, सन्दिप सुनार, इर्शाद अहमद, बिक्रम सोब, सुमित महर्जन, रित गौतम, शरद खड्का रहेका थिय ।

त्यसैगरी क्याटगरी सि अन्तर्गत अमृत गुरुङ, सन्जित कुमार राउत, हितेस पाण्डे, रबी कुमार शाही, अबिनव कुमार यादव, सन्तोष न्यौपाने, दिपेस दास, अमन पन्थी, इख्लक अहमद, दुर्गेस गुप्ता, निसद बोगटी, बिबेक रानामगर, नितेस थापा, ग्यानेन्द्र कुवर, बोबिन शर्मा, टेक बहादुर सलाम, सन्जु दमाइ, असोक कुमार यादव, लोकेन्द्र बहादुर चन्द, राहुल सिंह पोख्रेल, बब बहादुर शाहु, दीपेन्द्र थापा, अनिल थापा, सुमन उदय, सुधिर चौधरी, अकिब अली, मन बहादुर थापा, दिपेस चन्द, धीरज शाही, सुसिल खड्का, तारा प्रकाश गिरी, प्रबिण शर्मा, प्रदिप पारीयार, बिपिन रावल, रितेस सिंह, तुल बि थापा, मनिष अर्याल, अर्जुन अधिकारी, मोहित भण्डारी, देब शाह, सार्थक कान्त सेढाई, पवन कार्की, बिजय चन्द, दिनेस आग्री, अन्स्रुल राइन, सञ्जय बस्नेत, रोमन बम, दिपक मल्ल, सुरज कुर्मी, श्याम त्रीपाठी, नबिन थापा, रविन जोशी, रोशन अधिकारी, खगेन्द्र जोशी, सागर ढकाल, सिद्धान्त शाही, पुरुशोत्तम झा, अस्चल थारु, छितिज सिंह, योगेस भट्ट, शोहित मिश्र, सुब्रत शाह, आयुश्मान बम, रविन छेत्री, रबी सिंह, हर्जित सिंह, दीपेन्द्र चन्द, अबिनास अधिकारी, हरी झा, राज बम, बिरेन्द्र बम, इम्रान खान, बिकास आग्री, ईन्द्र कमल मानन्धर, पुरन थापा, पदम के सि र् प्रकाश बिष्ट रहेका थिय ।

ट्यालेन्ट हन्ट मार्फत अक्सनमा आएका पुरन सिंह ठकुरी, किरण कुमार आग्री, शेर मल्ल, प्रकाश सिंह र् लोकेस बम पनि बिक्री भयनन ।

१५ डि पि एल दोश्रो सिजनको बिजेताले कती रकम प्राप्त गर्नेछ ?

दोश्रो सिजनको डि पि एल को बिजेताले रु २५ लाख प्राप्त गर्नेछ ।

१६ दोश्रो सिजनको स्ट्र्याटेजिक डाइरेक्टर, टुर्नामेन्ट डाइरेक्टर, टिकेटिङ पार्ट्नर, अनलाइन पार्ट्नर को को रहेका छन ?

डि पि एल को यो सिजनमा स्ट्र्याटेजिक डाइरेक्टरमा राजन शाह, टुर्नामेन्ट डाइरेक्टरमा सौरभ ओझा, टिकेटिङ पार्ट्नर इ सेवा र् अनलाइन पार्ट्नर सनबी रहेका छन ।

१७ लाइभ आउछ कि आउँदैन ?

डि पि एल अन्तर्गतका सम्पूर्ण खेलहरुको लाइभ ए पि वान टेलिभिजनमा प्रसारित हुनेछन ।

१८ डि पि एल पहिलो सिजनको बिजेता को रहेको थियो ?

पहिलो सिजनको डि पि एल को बिजेता टिम चौराह धनगडी रहेको थियो ।

१९ डि पि एल दोश्रो सिजन समाप्तिमा लाख माथि कमाउने खेलाडी कती हुनेछन ?

कुल ३२ जना खेलाडिहरुले एक लाख माथि रकम बुझ्नेछन डि पि एल समाप्ती पश्चात ।

२० डि पि एल दोश्रो सिजनको टाइटल स्पोन्सर को रहेको छ् ?

रसलान डि पि एल दोश्रो सिजनको टाइटल स्पोन्सर हो ।