Cricket Himalaya
Cricket News From Top of The World

राष्ट्रिय क्रिकेटर करणलाई गृह जिल्लामा भव्य सम्मान !

बागलुङ ०७४ फागुन ८ गते

सन्तोष क्षत्री

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नामिबियामा भएको खेलमा क्यानडा विरुद्ध नेपाललाई जिताउन निर्णायक भुमिका खेलेका बागलुङका करण केसीलाई सम्मान गरिएको छ ।

बागलुङ नगरपालिका–८ सिगानामा जन्मेका केसीले जित्नै पर्ने खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जिम्बाबेमा हुने एक दिवशीय विश्वकप क्रिकेट छनोट चरणमा नेपाललाई प्रवेश गराउन महत्वपुर्ण भुमिका खेलेका थिए ।

नवौ नम्बरमा ब्याटिङग गर्न आएका करणले सन्दिप लामिछाने सग एकाउन्न रनको साझेदारी गर्दे नेपाललाई सनसनी पुर्ण विजयी गराएका थिए । निकै नै आक्रामक पारी खेलेका करणले मात्र ३१ बलको सामना गर्दे चार छक्का र ३ चौका प्रहार गरेर ४२ रनमा नट आउट रहेका थिए । क्यानडा विरुद्धको जित संगै नेपाल डिभिजन १ मा समेत बडुवा भएको छ ।

खेल क्षेत्रमा केसीले पु¥याएको योगदानको कदर गर्दै बागलुङ नगरपालिकाले वाजागाजा सहित नगर परिक्रममा गरि नगद ५० हजार रुपैया सहित सम्मान गरेको हो । सोही अवसरमा बागलुङ नगरपालिका–८ र जिल्ला खेलकुद बिकास समिति बागलुङले पनि संयुक्त रूपमा सम्मान गरेका थिए ।

यसैबिच क्षत्री समाज बागलुङले राष्ट्रिय क्रिकेटर केसीलाई नगद १० हजार रुपैया सहित सम्मान पत्रले सम्मान गरेको छ । एक कार्यक्रमका बिच सम्मान गर्दे समाजका अध्यक्ष बाबुराज कार्कीले केसीको मनोवल उच्च बनाउदै आगामी दिनमा पनि राम्रो खेल्नको लागि सम्मान समाजले सम्मान गरेको बताउनुभयो ।
यस्तै रिलायएबल इन्सुरेन्स बागलुङ शाखाले केसीको पाच बर्ष अबधिको १ लाख बराबरको विमा निशुल्क गरिदिएको छ ।