Cricket Himalaya
Cricket News From Top of The World

प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब रुपन्देही सुपर लिगको ‘ए’ डिभिजनमा प्रवेश !

प्रकाश न्यौपाने

भैरहवा, ८ फागुन ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा गंगलबार भएको डिभिजन बी अन्तर्गतको खेलमा प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवाले जेजेसिए जवही क्रिकेट क्लब बुटवललाई १५ रनले पराजित गर्दै ‘ए’ डिभिजनमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको प्रोफेसनल मास्टर्स–११ ले निर्धारित ४० ओभरको खेलमा २४ ओभर २ बल खेल्दै सबै विकेट गुमाई १ सय २७ रनको योगफल तयार गरेको थियो । उसका लागि मोहम्मद इबराइनले २५, बादल छन्त्यालले २१ र आदित्य त्रिपाठीले १५ रन बनाए । बलिङमा जेजेसिए जवहीका संदीप सुनारले ४, संगम थापा र कमल ऐरीले समान ३÷३ विकेट लिए ।

प्रतिउत्तरमा १ सय २८ रनको झिनो लक्ष्य पछ्याउने क्रममा जेजेसिए जवहीले २२ ओभर ३ बलमा जम्मा १ सय १२ रन मात्रै बनायो । जसमा अनिल रायमाझीले ४४, संदीप सुनारले २३ तथा कमल ऐरीले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न नसक्दा टिमले लक्ष्य भेट्टाउन सकेन र हार व्यहो¥यो । बलिङमा प्रोफेसनल मास्टर्स–११ का लागि म्यान अफ द म्याच समेत रहेका दुर्गा सेनले ५ विकेट लिए । यस्तै बले ठकुरी र शैलेश श्रीवास्तवले समान २÷२ विकेट लिए ।


बुधबार डिभिजन ‘ए’ प्रवेशका लागि डिभिजन ‘बी’को अन्तिम खेल बुम एमसिसी क्रिकेट क्लब भैरहवा र बुटवल राइनोज क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।


प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ भने विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।