Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री द्वारा नेपाल राष्ट्रिय क्रिकेट टिम समानित, जनही रु ३ लाख दिईने !!

फाल्गुन ७, क्रिकेट हिमालय

वर्ल्ड क्रिकेट लिग डिबिजन टु मा उप बिजेता भयेर बिस्वकप छ्नोटमा पुग्न सफल भयको नेपाली रास्ट्रीय क्रिकेट टिमलाइ आज एक कार्यक्रम बिच सम्मानिय प्रधानमन्त्री के पि शर्मा वलि ज्यु बाट सम्मान गरियेको छ !

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उपरोक्त सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री के पि वलि

सफलताका निम्ति हार्दिक बधाइ, आगामी दिनको लागि शुभकामना ! नेपाली जाती बहादुर, तोप सङ खुकुरीले लडने जाती, अफ्ठ्यारो परिस्थितिमा पनि टिमलाइ सफलताउन्मुख बनाउने टिमको प्रसम्सा गर्दछु ! समग्र खेलकुद छेत्रलाइ माथी उठाइनेछ, क्रिकेट भित्रको बिबाद समाधानको लागि सरकारले ध्यान दिनेछ ! खेल छेत्रमा राजनिती भन्दा त्यसै सङ संबंधित ब्यक्तिहरु आउन जरुरी ,खेलाडी रास्ट्रका गहना हुन तसर्थ खेल र खेलाडिलाइ छयमताको आधारमा अघि बढाइनेछ ! सरकारको तर्फबाट ३ लाखको दरले प्रतेक खेलाडिलाइ सम्मान गर्दै यो सफलताको खुसी बाड्न चाहन्छु

त्यसैगरी रास्ट्रीय कप्तान पारस खडका

नेपाल क्रिकेट सस्पेन्सनमा छ, आन्तरिक बिबाद नसुल्झाय अगाडिको बाटो अन्धकार छ ! टिमको पर्फर्मेन्स भन्दा पनि स्टरक्चरमा हुने सुधारले क्रिकेट बिकास हुने हो, पि एम ज्यु कै नेतृत्वमा यो समस्या समाधान हुने बिश्वास छ ! बिश्वकप छनोटमा पुर्ण प्रयास गर्नेछ टिम नेपालले

खेलकुद मन्त्रालय सचिब महेस दाहाल

क्रिकेटको बिकासलाइ सरकारले प्रयत्न गर्दैछ, मुलपानी र कृतिपुर मैदान स्तरोन्नती भै रहेको छ ! क्यानको समस्या लाई समाधान गर्ने प्रयत्नमा मन्त्रालय रहेको छ

मदन भन्डारी स्पोर्ट्स एकेडमिले प्रतेक खेलाडिलाइ १ लाख हस्तान्तरण गर्ने जनायको छ !