Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागी पश्चिमाञ्चलको टिम छनोट, बर्षा राना कप्तान चयन !

फाल्गुन ६, क्रिकेट हिमालय 

आगामी फागुन ९ गते देखी धनगढीमा संचालन हुन गै रहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रीकेट प्रतियोगिताको लागी भैरहवामा सम्पन्न भयको छनौट शिबिरबाट पस्चिमान्चल छेत्रको १४ सदस्यीय खेलाडीहरुको नाम घोषणा भयको छ । 

पश्चिमाञ्चल महिला क्रिकेट टिमको टिम क्याप्टेनमा रुपन्देहीकि बर्षा राना र उप कप्तानमा नवलपरासीकि सरस्वती पुन रहेकी छिन । 

तस्बिर : क्रिकेट अफ नेपाल, बर्षा राना 

टिममा पर्न सफल अन्य खेलाडीहरुमा रुपन्देहीकि नितु भण्डारी, साधना गौतम, एलिशा के.सि, कृति सेन ठकुरी, पबित्रा खनाल, प्रबिना खड्का, चन्दा सारु, कास्की बाट सृष्टि के.सि, शीला रेग्मी, धन छ्न्त्याल र पाल्पा बाट सिमा थापा र मेलिना थापा रहेकी छिन ।

उक्त टिमको प्रशिक्षकमा रिजन प्रजु तथा ब्यवस्थापकमा उमा अधिकारी रहेकी छिन । उक्त टिमको छनौट रा खे प का प्रशिक्षक रिजन प्रजु, क्यानका प्रशिक्षक बसन्त शाही, जिल्ला खेलकुद बिकास समितीका सदस्य उमा अधिकारी, रुपन्देही क्रीकेट संघका सचिब सन्जय गुरुङ सम्मिलित छनौट समिती द्वारा गरियको थियो ।