Cricket Himalaya
Cricket News From Top of The World

डिबिजन टु उप बिजेता नेपाललाइ एयरपोर्टमा विशाल स्वागत !!

फाल्गुन ५, क्रिकेट हिमालय

वर्ल्ड क्रिकेट लिग डिबिजन टु बाट बिश्वकप छनोटमा पुग्न सफल नेपाली रास्ट्रीय टिम स्वदेस फर्केको छ !

इतिहाद एयरलाइन्सबाट अहिले ७:५५ पि एम मा टिम नेपाल त्रिभुवन इन्टर्न्यासनल बिमान्स्थलमा ओर्लेको हो !

नेपाली क्रिकेट समर्थक समाज, याइ सि एल लगायत सयौ नेपाली क्रिकेटका समर्थकहरुबाट बिमानस्थलमा स्वागत भयको छ ! बिमान्स्थलबाटै कप्तान पारस खडका भन्छन,

” केहि अभुतपुर्ब प्रदसन, केहि लक, र बढी टिम इफ्फोर्टका कारण हामी बिश्वकप छनोटमा पुगेका छौ ! बिश्वकप छनोटमा सुपर सिक्समा पुग्दै वान डे स्टाटस प्राप्त गर्ने पहिलो लक्ष रहेको छ ”

कोच जगत टमटा, ” निकै उच्च प्रदसन टिमले गरेको छ, हामी बिश्वकप छनोटमा अझ परिस्कृत हुदै अघि बढ्ने छौ ”