Cricket Himalaya
Cricket News From Top of The World

खुकुरी च्यालेन्जर्स T20 कपको उपाधी बालुवाटार क्रिकेट क्लबलाइ, के सि टि सि उप बिजेता !!

फाल्गुन ५, क्रिकेट हिमालय

उपाधी बिजेता

खुकुरी इएनटि द्वारा यहि माघ २४ देखि काठमान्डौमा सन्चालित खुकुरी च्यालेन्जर्स T20 कपको उपाधी बालुवाटार क्रिकेट क्लबले हात पारेको छ ! के सि टि सि प्रतियोगिताको उप बिजेतामा सिमित रहेको थियो !

फाइनल खेलको प्रदसन

आज TU मैदानमा सम्पन्न फाइनल खेलमा बालुवाटार क्रिकेट क्लब र के सि सि बिच फाइनल खेलमा बालुवाटार ९ रनले बिजयी भयो !

टस जित्दै फर्स्ट ब्याटिङ गरेको बालुवाटारले अ्अर सिङ राउटेलाको ३३ रन र प्रनित थापाको २७ रनको सहयोगमा निर्धारित २० ओभरमा ९ बिकेटको छ्यतिमा १५१ रन बनायको थियो ! के सि टि सि का सुमित झा ले ३ विकेट लियेका थिय !

१५२ रनको लक्ष सहित मैदानमा उत्रेको के सि टि सि आदिल खानले ३२ रन र दुर्गेस थापाले २१ रनको योगदान दियेपनि निर्धारित २० ओभरमा १४२ रन मात्र बनायपछी ९ रनले पराजित भयो ! बालुवाटारका अबिनास बस्यालले ३ विकेट लियेका थिय !

प्रतियोगितामा उत्कृष्ट

प्रतियोगितामा म्यान अफ द सिरिज बालुवाटारका छितिज सिंह भयका थिय !

बेस्ट ब्याट्सम्यान टिकापुर क्रिकेट क्लबका रबिन्द्र जङ्ग साही र बेस्ट बलर आर्मिका अबिनास बोहोरा भयका थिय ! इमर्जिङ प्लयेर अफ द टुर्नामेन्ट जि एच सि ए का सागर ढकाल भयका थिय !

म्यान अफ द फाइनल बालुवाटारका अबिनाश बस्याल भयका थिय !

पुरस्कार

उपाधी बिजेता बालुवाटार क्रिकेट क्लबले नगद रु ३ लाख सहित ट्रफि हात पार्यो भने उप बिजेता के सि टि सि ले रु १ लाख र ट्रफी प्राप्त गरेको थियो ! म्यान अफ द सिरिजले रु २० हजार र बेस्ट ब्याट्सम्यान, बलरले रु १० हजार प्राप्त गरेका थिय !

माघ २४ – फाल्गुन ५ सम्म मुलपानी मैदान र TU मैदानमा सन्चालित खुकुरी च्यालेन्जर्स T20 कपमा २० टिम सहभागी रहेका थिय !

टप २० बलर र ब्याट्सम्यान

समापन समारोहमा गेस्ट

TU मैदानमा आज प्रतियोगिताको उदघाटन एमालेका बरिस्ठ नेता एवम पुर्ब प्रधानमन्त्री माधव कुमार नेपालले गर्नु भयको थियो ! ICC एडभाइजरी बोर्ड सम्योजक बिनय राज पान्डे र क्यान पुर्ब उपाध्यक्ष उपेन्द्र भट्टराई गेस्टको रुपमा रहनु भयको थियो !