Cricket Himalaya
Cricket News From Top of The World

खुकुरी च्यालेन्जर्स टि-२० कपको फाइनल खेल आज TU मैदानमा हुँदै, बालुवाटार र के सि टि सि भिडने

फाल्गुन ५, क्रिकेट हिमालय

खुकुरी टि एन टि द्वारा आयोजित देसैभरका २० टिम सहभागी खुकुरी च्यालेन्जर T20 कप यहि माघ २४ – फाल्गुण ५ सम्म समूह चरणका सम्पुर्ण खेलहरु मुलपानी मैदानमा भयका थिय भने बाकी खेलहरु टि यु मैदानमा सम्पन्न भयका थिय !

सहभागी २० टिमहरु र ग्रुप बिभाजन

फाइनल खेल

टि यु मैदानमा आज ठिक ११ बजे खुकुरी च्यालेन्जर्स T20 कपको फाइनल खेल बालुवाटार क्रिकेट क्लब र के सि टि सि बिच हुदैछ !

बालुवाटार क्रिकेट एकेडमी र के सि टि सि को फाइनल यात्रा

बालुवाटार क्रिकेट क्लब

खुकुरी च्यालेजर्स T20 कपको ग्रुप बि मा रहेको बालुवाटार क्रिकेट क्लबले समुह चरणका ४ वटै खेल जित्दै ग्रुप टप गरेको थियो ! क्वाटरफाइनलमा मकवानपुर क्रिकेट क्लब बिरुद्ध २२ रनले बिजयी रहेको थियो भने सेमिफाइनलमा शान्तिनगर युथ क्रिकेट क्लब बिरुद्ध ४ विकेटले बिजयि रहेको थियो !

के सि टि सि

ग्रुप ए मा रहेको के सि टि सि समूह चरणका ४ खेल मध्य २ मा बिजयी, १ खेल पानीले रद्ध हुदा बराबरी र १ खेलमा पराजित रहदै ग्रुपको उप बिजेता रहेको थियो ! क्वाटरफाइनलमा वाइ वाइ जि एच सि ए बिरुद्ध २४ रनले बिजयी रहेको थियो भने सेमिफाइनलमा रोयल पि सि टाइगर बिरुद्ध ४१ रनले बिजयी भयको थियो !

स्क्वायड

बालुवाटार क्रिकेट एकेडमी

प्रनित थापा मगर, सुमन उदय, पृथु बास्कोटा, सिद्धान्त राज साही, अमर सिंह राउटेला, सोनु तामाङ, कृश्न कार्की, रितेश सिंह , छितिज सिंह, सैसभ के सि, अबिनास बस्याल

काठमान्डौ क्रिकेट ट्रेनिङ सेन्टर ( के सि टि सि )

आदिल खान, सुधिर चौधरी, सुमित महर्जन, बिबेक रानामगर, सन्जय बस्नेत, नन्दन यादव, सन्तोश पौडेल, सुमित झा, दिलिप यादब, प्रीतम थापा, दुर्गेस थापा