Cricket Himalaya
Cricket News From Top of The World

बिश्वकप क्वालिफायरमा नेपाल छनोट भएलगत्तै सर्बाधिक चासो राखिएका १३ प्रश्नहरुको उत्तर !!

फाल्गुन ४, क्रिकेट हिमालय

नामिबियामा सम्पन्न वर्ल्ड क्रिकेट लिग डिबिजन दुई अन्तर्गत नेपाल दोश्रो हुँदै २०१८ मै जिम्बाबेमा हुँदै गरेको बिश्वकप छनोटमा पुगेपछी आम नेपाली समर्थकहरु बिच अब के हुने भन्नेमा मतभिन्नता रहेको छ ! क्रिकेट हिमालयको सानो प्रयास यी कन्फ्युजनहरु हटाउने निम्न प्रश्न र उत्तर सहित 

१ के नेपाल २०१९ मा हुने बिश्वकपको लागि छनोट भयो ?

– नो, नेपाल २०१९ मा हुने बिश्वकपमा छनोट भयको नभै २०१८ मा हुँदै गरेको बिश्वकप छनोटको लागि क्वालिफाइ भयको हो !

२ बिश्वकपमा छनोट हुने नेपालको सम्भावना कस्तो छ ?

– ICC ले बिश्वकपको सहभागिको संख्या कटायर १० टिममा सिमित गरेको छ ! बिश्वकप छनोटमा ४ टेस्ट नेसनहरु पहिलोपटक छनोट खेल्दैछन साथमा उत्कृष्ट ६ वटा एसोसिएट नेसनहरु ! १० टिम मध्य मात्र २ टिम बिश्वकपमा छनोट हुने हुदा बिश्वकपमै छनोट हुन तत्काल नेपाललाइ निकै कठिन छ ! यद्यपि अनिश्चितताको खेल क्रिकेटमा प्रतियोगिता नसकिदै यहि हो भन्न गार्हो छ ! 

३ के नेपालले ODI स्टाटस प्राप्त गर्यो ?

– नो, तर नेपाल इतिहासमै वान डे स्टाटसको धेरै नजिक पुगेको छ ! ४ टेस्ट देश सहित ६ एसोसिएट बिश्वकप छनोट खेल्दै छन ! प्रतियोगितामा चाहे जस्तो नतिजा आवोस, ४ टेस्ट नेसनको वान डे स्टाटसमा कुनै फरक पर्दैन ! वोर्ल्ड क्रिकेट लिगको च्याम्पियन नेदरल्यान्डले समेत यो बिश्वकपको छनोटमा जस्तो नतिजा ल्याय पनि वान डे स्टाटस प्राप्त गर्न गर्नेछ ! अर्थात बाकी ५ एसोसिएट मध्य टप ३ एसोसिएटले यो प्रतियोगिता पछि वान डे स्टाटस प्राप्त गर्नेछन ! येदि नेपाल कुनै २ अन्य एसोसिएट भन्दा माथी ( नेदरल्यान्ड बाहेक ) प्रतियोगिता अन्त्य गरे बिश्वकप छनोट लगत्तै ४ बर्शको लागि वान डे स्टाटस प्राप्त गर्नेछ !

४ के नेपालले अर्को राउन्डको इन्टरकन्टिनेन्टल कप र वोर्ल्ड क्रिकेट लिग खेल्नेछ ?

– ICC ले यो बारे हालसम्म केही बोलेको छैन, तर अफ्घानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता प्राप्त गरे सङै, यो बिश्वकप छनोटका टप ४ एसोसिएटले सिधै इन्टर्कन्टिनेन्टल कप खेल्ने अवसर प्राप्त गर्नेछन !

साथमा २ बर्शपछि हुने डिबिजन टु, जहाँ यो बिश्वकप छनोटका पुछारका दुई टिम, हाल डिबिजन टु मै रहेका दुई टिम ( क्यानडा र नामिबिया ) र अर्को बर्ष हुने डिबिजन तिनका टप टु मध्यबाट टप ४ टिमले इन्टरकन्टिनेन्टल कप खेल खेल्नेछन !

सिधा अर्थमा भन्दा, यो बिश्वकप छनोटमा एसोसिएट तर्फ टप ४ मा परे ( पुछारको २ भन्दा माथी ) सम्भवत दुबै प्रतियोगिता खेल्नेछ, यद्यपि ICC को फर्मल डिसिजन भने अझै कुर्न जरुरी छ !

५ के नेपाल डिबिजन १ मा बढुवा भयो ?

– मान्न सकिन्छ , तर ICC ले अन्तिम पटक टप ६ देसको डिबिजन वान २०१० मा गरेको थियो ! २०१० पछि डिबिजन वानको कुनै प्रतियोगिता ICC ले गरेको छैन ! यो बिश्वकप छनोटका १० टिम मध्य ४ टिमहरु टेस्ट स्टाटसका छन बाकी टप ६ एसोसिएटस, तसर्थ यो बिश्वकप छनोट डिबिजन वानको हैसियत बराबर छ, तर साचिकै डिबिजन वान भने हैन !

६ के नेपाल पहिलो पटक बिश्वकप छनोटमा पुगेको हो ?

– नो, नेपालले तेश्रो पटक बिश्वकप छनोट खेल्दै छ ! नेपाले यसअघि २००१ मा ( त्यतिखेर ICC ट्रफी ) र २०१४ मा समेत बिश्वकप छनोट खेलीसकेको छ !

७ अघिल्ला बिश्वकप छनोट प्रतियोगिताहरुमा नेपालको प्रदसन कस्तो थियो ?

– ICC ट्रफी २००१ मा २४ एसोसिएटलाई दुई वटा डिबिजनमा बाडियेको थियो ! हरेक डिबिजनमा ६/६ देसको २ वटा ग्रुप थिय ! नेपाल डिबिजन II को ग्रुप ए मा रहेको थियो, जहाँ नेपाल सङै नामिबिया, जर्मनी, जिब्राल्टर, इटाली र वेस्ट अफ्रिका थिय ! आफ्नो ग्रुपमा दोश्रो भय पनि नेपाल प्ले अफ लाई योग्य भयको थियन !

२०१४ को बिश्वकप छनोट टप १० एसोसिएट देसबिच भयको थियो ! लिगमा कुनै म्याच नजितेको नेपाल, अन्तिम स्थानको प्ले अफमा उगान्डालाइ हराउदै नेपाल ९ औ भयको थियो !

८ के यो बिश्वकप छनोट नेपालले खेल्न लागेको सबै भन्दा ठूलो प्रतियोगिता हो ?

– यो ५० ओभर फर्म्याटको सबै भन्दा ठूलो प्रतियोगिता नेपालले खेल्दै छ !

९ कसरी यो प्रतियोगिता सबै भन्दा ठूलो भयो ?

– यो बिश्वकप छनोट अघि नेपालले २०१४ मा बिश्वकप छनोट खेलेको थियो, जहाँ अफ्घानिस्तान र आयरल्यान्ड बाहेकका टप १० एसोसिएट देसहरु थिय, अर्थात विश्व क्रिकेटका १३ औ देखि २२ औ र्यान्किङका देसहरु थिय, जुन नेपाल सङ समान हैसियत राख्दथे ! तर यो बिश्वकप छनोट्मा ४ बटम र्यान्किङका टेस्ट नेसन र टप ६ एसोसिएट देसहरु छन अर्थात बिश्व क्रिकेटका ९ औ देखि १८ औ र्यान्किङ भयका देसहरु सहभागी हुदैछन !

मार्च ४ मा जिम्बाबे बिरुद्धको खेल, नेपालले ५० ओभरको सिनियर क्रिकेट तर्फको पहिलो टेस्ट नेसन सङको अफिसियल खेल ( अनअफिसियल खेलको रुपमा पाकिस्तानसङ भने खेली सकेको थियो ) हो भने येस अघि T20 अन्तर्गत भने २०१४ को बिश्वकपमा टेस्ट नेसन बङलादेश सङ खेलेको थियो !

१० अब नेपालको लक्ष के त ?

– यो बिश्वकप छनोटमा टप ३ एसोसिएट भित्र रहने ( नेदरल्यान्ड बाहेकका ५ मध्य ) ! यो भयमा वान डे स्टाटस मात्र नभै इन्टरकन्टिनेन्टल कप र वोर्ल्ड क्रिकेट लिग दुबै खेल्नेछ ! जुन वान डे च्याम्पियनसीप हुँदै टेस्ट स्टाटसको रोडम्याप पनि हो ( अहिले नेदरल्यान्डले तय गर्दै गरेको बाटो )

११ यदि नेपालले वान डे स्टाटस पाय २०१८ को एसिया कप खेल्छ होला ?

– २०१८ को एसिया कपको मिति र छनोट प्रक्रिया ए सि सि ले प्रकासित गरि सकेको अवस्थामा यो बिश्वकप छनोटको नतिजाले एसिया कपलाइ प्रभाव पार्ने छैन ! ए सि सि का अनुसार भारत, पाकिस्तान, श्रीलन्का, बङलादेस र अफ्घानिस्तान सिधै एसिया कप खेल्नेछन भने १ स्पटको लागि नेपाल, यु ए इ, हङकङ, ओमान, मलेसिया र सिङापुर बिच छनोट प्रतियोगिता हुनेछ !

१२ बिश्वकप छ्नोटको फर्म्याट कस्तो छ ?

– १० टिमलाइ ५/५ गरि दुई समुहमा बिभाजन गरियेको छ ! हरेक ग्रुपको टप ३ गरि कुल ६ टिमबिच सुपर सिक्स स्टेजको खेल हुनेछ !

हरेक ग्रुपको पुछारका २ टिम ले क्रस ओभर प्ले अफ खेल्नेछन, ग्रुप ए को ४ औ ले ग्रुप बि को ५ औ सङ र ग्रुप ए को ५ औ ले ग्रुप बि को ४ औ सङ !

यो दुबै क्रस प्ले अफको बिजेताहरुले ७ औ र ८ औ पोजिसनको लागि खेल्नेछन, बिजेताले सम्भवत वान डे स्टाटस प्राप्त गर्नेछ !

क्रस प्ले अफका लुजरहरु डिबिजन टु मा घटुवा हुनेछन !

१३ बिश्वकप छनोटमा नेपालले को को सङ कहिले खेल्दैछ ?

– मार्च ४ मा जिम्बाबे, मार्च ८ मा स्कटल्याण्ड, मार्च १० मा अफ्घानिस्तान र मार्च १२ मा हङकङ सङ लिग चरणका खेलहरु खेल्दैछ !

आम समर्थकहरु, क्रिकेट सरोकारवालाहरु र खेलाडिहरुमा समेत ब्याप्त केही कन्फ्युजनहरु येसबाट क्लियर हुनेछ भन्ने बिश्वास छ !