Cricket Himalaya
Cricket News From Top of The World

पारस खडकाको सतकका बाबजुद नेपाल युएई सँग ७ रनले पराजित ! 

वर्ड क्रिकेट लिगको डिबिजन टु अन्तर्गत नामिबियामा सम्पन्न पहिलो र दोश्रो स्थानको लागी आज सम्पन्न खेलमा यु ए इ ले नेपाललाइ ७ रनले पराजित गर्दै प्रतियोगिताको उपाधी हात पारेको छ !

तस्बिर : रमण शिवाकोटी 

टस हारेर फर्स्ट ब्याटिङ गरेको यु ए इ, असफाक अहमदको ११४ रनको सहयोगमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउदै २७७ रन जोडेको थियो ! सोमपाल, बसन्त र सन्दिप लामिछानेले १/१ विकेट विकेट लियका थिय !

बिसाल लक्ष पछ्याउँदै गरेको नेपाल, पारस खडकाको उत्कृष्ट सतकको  बाबजुद नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २७० रन मात्र बनायपछी ७ रनले पराजित रह्यो !

डिबिजन टु अन्तर्गत कुल सहभागी ६ टिम मध्य नेपाल र यु ए इ बढुवा हुदै डिबिजन १ को टिमको रुपमा बिश्वकप छनोटमा पुगेका छन ! क्यानडा र नामिबिया डिबिजन दुइमै यथावत रहेका छन भने ओमान र केन्या डिबिजन तिनमा रेलिगेट भयका छन !

आजको हार सङै नेपाल अब जिम्बावे, अफगानिस्तान, स्कटल्यान्ड, हङकङ सङै बिश्वकप छनोटको ग्रुप “बि”मा पर्यो ! युएइ डिबिजन टु को उपाधी जित्दै वेस्टइन्डिज, आयरल्यान्ड, पपुवान्युगिनी, नेदरल्यान्ड रहेको  ग्रुप “ए” मा परेको छ !