Cricket Himalaya
Cricket News From Top of The World

नेपाल भर्सेस क्यानडा, टस जितेको नेपाल फर्स्टमा फिल्डिङ गर्दै

फाल्गुन २, क्रिकेट हिमालय

नामिबियामा जारी वर्ल्ड क्रिकेट लिग डिबिजन टु अन्तर्गत पाचौ तथा लिगको अन्तिम राउन्डको महत्त्वपूर्ण खेल आज नेपाल र क्यानडा बिच हुदैछ !

तस्बिर : आइ सि सि

लिगको चार राउन्ड सकिदासम्म अन्कतालिकामा ६/६ अन्क जोडदै पहिलो र तेश्रो स्थानमा रहेका क्यानडा र नेपाल बिच हुने खेलको बिजेताले अर्को महिना जिम्बाबेमा हुँदै गरेको बिश्वकप क्वालिफायरमा स्थान पक्का गर्नेछ !


अन्तिम राउन्डकै अर्को खेलमा आयोजक नामिबिया र यु ए इ भिडदै छन ! यो खेलको बिजेता समेत बिश्वकप क्वालिफायरको लागि छनोट हुनेछ !

त्यसैगरी अर्को खेलमा डिबिजन टु बाट रेलिगेट हुने उच्च सम्भावना भयको ओमान र रेलिगेट भै सकेको केन्या एक आपसमा प्रतिस्पर्धा गर्दैछन !


प्रतियोगितामा क्यानडाका रुबिन्दु गुणसेखरा लिडिङ रन स्कोरर र नेपालका सन्दिप लामिछाने लिडिङ विकेट टेकर रहेको हुदा पनि नेपाल र क्यानडा बिचको भिडन्त रोचक रहने अनुमान गर्न सकिन्छ !

तस्बिर : अर्हमेर महदिन

नामिबिया स्थित वान्डर्स क्रिकेट ग्राउन्ड, विन्डहकमा सम्पन्न हुँदै गरेको नेपाल भर्सेस क्यानडा बिचको खेलमा नेपालले महत्त्वपूर्ण टस जित्दै क्यानडालाइ फर्स्ट ब्याटिङको निम्तो दियेको छ !