Cricket Himalaya
Cricket News From Top of The World

खुकुरी च्यालेन्जर्स टि-२० कप अन्तर्गत सान्तिनगर युथ र केसिटिसि सेमिफाइनलमा !

फाल्गुन १, क्रिकेट हिमालय

मुलपानीमा आज सम्पन्न “खुकुरी च्यालेन्जर्स T20 कप, २०७४” का क्वाटरफाइनल अन्तर्गतका खेलहरुमा सान्तिनगर युथ क्लब र के सि टि सि बिजयी भयका छन !

पहिलो खेल : सान्तिनगर युथ क्लब र त्रिभुवन आर्मी क्लब ( टिएसी)

टि ए सि ले टस जितेर फर्स्ट ब्याटिङको निम्तो दियेको सान्तिनगर युथ क्लबले सुनिल धमलाको अर्धसतक (५१ रन) को सहयोगमा निर्धारित २० ओभर भित्र ८ विकेट गुमाउदै १२८ रन बनायको थियो ! टिएसी का अभिनास बोहराले ४ विकेट लियेका थिय !

मध्यम लक्ष पछ्यायको टिएसि भुपेन्द्र थापा, इन्द्रकमल मानन्धर, राजु रिजाल, नरेश बुडायेर, लोकेन्द्र चन्दको उपयोगी सुरुवातका बाबजुद निर्धारित २० ओभरमा ८ नै विकेट गुमाउदै मात्र १२१ रन बनायपछी ७ रनले पराजित रह्यो !

सान्तिनगर युथ क्लबको लागि ४ विकेट लियेका योगेन्द्र सिंह कार्की म्यान अफ द म्याच भय !

दोश्रो खेल : काठमान्डौ क्रिकेट टेक्निकल सेन्टर (केसिटिसी) र ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिय)

टस जितेर पहिलो ब्याटिङ गरेको केसिटिसी सुधीर चौधरीको आक्रमक ६४ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १२३ रन बनायको थियो ! जिएचसिए का इसान पान्डेले ३ विकेट लियेका थिय !

निर्धारित २० ओभरमा मध्यम १२४ रनको लक्ष लियेर दोश्रो ब्याटिङ गरेको जि एच सि ए प्रदिप एरिको २३ रनको सहयोगमा मात्र १८.४ ओभरमा ९९ रन बनाउदा अल आउट भयपछी २४ रनले पराजित भयो ! के सि टि सि का सुमित झा ले ३ विकेट लियेका थिय !

के सि टि सि का सुधिर चौधरी म्यान अफ द म्याच भय !

भोलिको क्वाटरफाइनलका खेलहरु

पहिलो खेल :

बालुवाटार क्रिकेट क्लब भर्सेस मकवानपुर क्रिकेट क्लब

दोश्रो खेल :

रोयल पिसि फाइटर भर्सेस इन्टर डिस्ट्रीक्ट स्पोर्ट्स क्लब