Cricket Himalaya
Cricket News From Top of The World

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा, २०७४ आजबाट सुरु !

फाल्गुन १, क्रिकेट हिमालय

रुपन्देहीको सिद्धार्थ रंगशालामा यहि फाल्गुन १ देखि २६ सम्म “नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा,२०७४” हुने भयको छ ! कुल २१ टिमहरु रहेको उपरोक्त प्रतियोगिता ” डिबिजन बि र सुपर लिग ” गरि दुई भागमा बिभाजित छ !

डिबिजन बि मा १३ टिमले प्रतिस्पर्धा गर्नेछन, जहाबाट ४ टिम सुपर लिगको लागि क्वालिफाइ गर्नेछन !

सुपर लिग अन्तर्गत क्वालिफायर डिबिजन बि बाट छनोट हुने ४ टिम सहित कुल १२ टिम रहनेछन !

डिबिजन बि र सुपर लिगका सम्पुर्ण खेलहरु ४० ओभरका हुनेछन !

क्वालिफायर राउन्ड : डिबिजन बि

पहिलो चरणमा फाल्गुन १ देखि ९ सम्म डिबिजन बि का क्वालिफायर राउन्डका खेलहरु हुनेछन ! बुटवल राइनो क्रिकेट क्लब, दिप क्रिकेट क्लब, लर्ड बुद्ध क्रिकेट क्लब, लुम्बिनी कसाइ, गोलपार्क क्रिकेट क्लब, साइ ग्लोबल, बुटवल युथ, स्टार क्रिकेट क्लब, जे जे सि ए क्रिकेट क्लब, शन्करानगर क्रिकेट क्लब, बुटवल एघार, प्रो मास्टर्स, बुम एम सि सि गरि कुल १३ टिमहरुले डिबिजन बि अन्तर्गतको क्वालिफायर खेल खेल्नेछन ! सबै खेल नकआउट हुनेछन भने यो राउन्डबाट ४ टिमहरु ” सुपर लिग ” मा प्रबेस गर्नेछन !

सुपर लिग चरण

फाल्गुन १० बाट सुरु हुने दोश्रो चरणको सुपर लिग अन्तर्गत शिवसक्ति क्रीकेट क्लब, करहिया क्रिकेट क्लब, वेस्टर्न क्रिकेट क्लब, देबदह सि यु, एपेक्स तिरुपती क्रिकेट क्लब, न्यु होराइजन क्रिकेट क्लब, लुम्बिनी खुकुरी क्रिकेट क्लब , बुद्ध क्रीकेट क्लब र डिबिजन बि बाट आउने ४ टिम गरि कुल १२ टिमबिच प्रतिस्पर्धा हुनेछ !

श्रोत : सन्जय गुरुङ