Cricket Himalaya
Cricket News From Top of The World

केन्या बिरुद्ध नेपाल ३ विकेटले बिजयी !

माघ २९, क्रिकेट हिमालय

वर्ल्ड क्रिकेट लिग डिबिजन टु अन्तर्गत आज चौथो राउन्डको नेपाल भर्सेस केन्या बिचको खेलमा नेपाल ३ विकेटले बिजयी भयको छ !

टस जितेर नेपालले केन्यालाइ फर्स्ट ब्याटिङको लागि निम्त्याएको थियो !

केन्याका ओपनर द्वय करिम र ओबान्डाको क्र म स ४२ र ४१ रनको मद्धतले निर्धारित ५० ओभरमा केन्याले १७७ रन बनायको थियो !

नेपालको तर्फबाट सन्दिप लामिछानेले ५ विकेट लियेका थिय, प्रतियोगितामा उनको कुल १४ विकेट पुगेको छ भने सोमपाल, वसन्त र सरदको नाममा १/१ विकेट रहेको थियो !

तस्बिर : रमण सिवाकोटी

चुनौतीपूर्ण १७८ रनको लक्ष सहित मैदान उत्रेको नेपाल १५ रन भित्रै महत्त्वपूर्ण ३ विकेट गुमायपछी लडखडायको थियो ! पारस खडकाको ४१ रन र छैटो विकेटको लागि आरिफ सेख र रोहित पौडेलले ८७ रनको साझेदारी गरेपछि नेपाल जित नजिक पुगेको थियो ! आरिफ ४२ रन बनाइ आउट भय ! नेपालले अन्तिम ओभरमा ३ विकेटको जित हात पारेको थियो ! रोहितले पौडेलले ४७ रन बनाय !

आजै सम्पन्न केन्या र नेपाल बिचको लिस्ट ए खेलमा युवा ब्याट्सम्यान अनिल साहको डेब्यु भयको थियो !

यो जित सहित तालिकामा नेपालले ६ अन्क जोडन सफल भयको छ !