Cricket Himalaya
Cricket News From Top of The World

युएई बिरुद्ध नेपाल ४ विकेटले बिजयी, पारस खडकाको आक्रमक अर्धसतक !!

माघ २८, क्रिकेट हिमालय

नामिबियाको युनाइटेड क्रीकेट क्लब ग्राउन्ड, विन्डहकमा जारी वर्ल्ड क्रिकेट लिग डिबिजन  टु को तेश्रो राउन्डको खेलमा नेपालले यु ए इ लाइ ५ विकेटले पराजित गरेको छ ! 

पानीको कारण निर्धारित समय भन्दा ढिलो सुरु भयको खेलमा नेपालले टस जितेर यु ए इ लाई फर्स्ट ब्याटिङको निम्तो दियेको थियो !

निर्धारित समय भन्दा ढिलो सुरु भयपछी ३४ ओभरमा झारियेको खेलमा नेपाली बलर सोमपाल कामिको ४ विकेट र सन्दिप लामिछानेको ३ र पारस खडकाको २ विकेटको मद्धतले यु ए इ अल आउट हुदै ३१ ओभरमा मात्र ११४ रनमा समेटियेको थियो ! यु ए इ का तर्फबाट साइमन अनवरले उच्च ३० रन बनायका थिय !

मध्यम देखिने ११५ को लक्ष सहित मैदान ओर्लेको नेपाल, नियमित रुपमा विकेट गयपनी कप्तान पारस खडकाको ५ छक्का र २ चौका सहितको आक्रमक अर्धसतक ( ५१ रन ) को मद्धतले २८.५ ओभयपछी ६ विकेट गुमाउदै लक्षमा पुग्यो ! 

प्रतियोगिताको तेश्रो खेलमा २ जित सहित ४ अन्क नेपालको खातमा छ भने नेपाल सङ पराजित यु ए इ को यो दोश्रो लगातार हार पछि बिश्वकप छनोट पुग्ने सम्भावना धमिलियेको छ ! 

मुख्य घटना

१ पानीको कारण खेल ढिलो सुरु हुँदै गरेको बेला महत्त्वपूर्ण मानियेको टस नेपालले जित्यो, यु ए इ लाई फर्स्ट ब्याटिङको निम्तो ! 

२ सोमपाल कामिले पहिलो ओभरमै असफाक अहमदलाइ आउट गरेका थिय ! सन्दिप लामिछानेले लगातार दुइ विकेट लियका थिय !

३ यु ए इ ले ७ ओभरको पहिलो पावरप्ले भित्र २ विकेटको नोक्सानमा २५ रन मात्र बनाउन सक्यो !

४ यु ए इ पहिलो ५० रन १५.३ ओभरमा ३ विकेटको नोक्सानमा पूरा गर्यो ! १०० रन पूरा गर्न ८ विकेट सहित २६.३ ओभर लागेको थियो !

५ यु ए इ को तर्फबाट ९ चौका लाग्यो भने १ मात्र छक्का बुटाले प्रहार गरेका थिय !

६ सन्दिप लामिछानेको प्रतियोगितामा ३ खेलमा ९ विकेट पुगेको छ !

७ यु ए इ को इनिङमा चौथो विकेटको लागि हाइयेस्ट २९ रनको पार्टनर्सिप भयको थियो !

८ नेपालले पहिलो म्यान्डेटरी ७ ओभरको पावरप्लेमा ३ विकेट गुमाउदै मात्र २० रन पुर्यायको थियो !

९ नेपालले पहिलो ५० रन १३.३ ओभरमा पुरा गरेको थियो !

१० नेपालको तर्फबाट यो प्रतियोगिताको पहिलो अर्धसतक पारस खडकाको नाममा, उनले ५ छक्का र २ चौका सहित ४३ बलमा ५० रन बनायका थिय ! 

११ नेपालले २५.२ ओभरमा ५ विकेट गुमाउदै १०० रन पुरा गरेको थियो !

१२ नेपालको तर्फबाट कुल ३ चौका र ६ छक्का प्रहार भयको थियो !