Cricket Himalaya
Cricket News From Top of The World

युएई सस्तैमा समेटियो, नेपाललाई ११५ रनको सहज लक्ष प्राप्त !

माघ २८, क्रिकेट हिमालय

डिबिजन टु को तेश्रो राउन्डको खेलहरुमा युनाइटेड क्रीकेट क्लब ग्राउन्ड, विन्डहकमा अहिले नेपाल र यु ए इ एक आपसमा भिडदै छन !

पानीको कारण निर्धारित समय भन्दा ढिलो सुरु भयको खेलमा नेपालले टस जितेर यु ए इ लाई फर्स्ट ब्याटिङको निम्तो दियेको थियो !

तस्बिर : ट्विटर बाट

३४ ओभरमा झारियेको खेलमा नेपाली बलर सोमपाल कामिले पहिलो ओभरमै असफाक अहमदलाइ आउट पारेका थिय !

निरन्तर दवावमा रहेको यु ए इ सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै २ विकेट लियेपछी ५४/५ को स्थितिमा पुग्न बाध्य भयको थियो !

तस्बिर : रमण सिवाकोटी

अन्त्यमा यु ए इ अल आउट हुँदै ३१ ओभरमा ११४ रन मात्र बनाउन सफल रह्यो ! साइमन अनवरले उच्च ३० रन बनायका थिय !

नेपालको तर्फबाट सन्दिप लामिछानेले ३ विकेट, सोमपाल कामीले ४ विकेट लिय, पारस खडकाको नाममा २ विकेट भने करण के सि ले १ विकेट लिन सफल रहे !

मुख्य घटना

१ पानीको कारण खेल ढिलो सुरु हुँदै गरेको बेला महत्त्वपूर्ण मानियेको टस नेपालले जित्यो, यु ए इ लाई फर्स्ट ब्यालाइको निम्तो !

२ सोमपाल कामिले पहिलो ओभरमै असफाक अहमदलाइ आउट गरेका थिय !

३ यु ए इ ले ७ ओभरको पहिलो पावरप्ले भित्र २ विकेटको नोक्सानमा २५ रन मात्र बनाउन सक्यो !

४ यु ए इ पहिलो ५० रन १५.३ ओभरमा ३ विकेटको नोक्सानमा पूरा गर्यो ! १०० रन पूरा गर्न ८ विकेट सहित २६.३ ओभर लागेको थियो !

५ यु ए इ को तर्फबाट ९ चौका लाग्यो भने १ मात्र छक्का बुटाले प्रहार गरेका थिय !

६ सन्दिप लामिछानेको प्रतियोगितामा ३ खेलमा ९ विकेट पुगेको छ !

७ यु ए इ को इनिङमा चौथो विकेटको लागि हाइयेस्ट २९ रनको पार्टनर्सिप भयको थियो !