Cricket Himalaya
Cricket News From Top of The World

“द युनाइटेड गोल्ड मार्ट टि-२० क्रिकेट टुर्नामेन्ट, २०७४” को उपाधी पोखरा क्रिकेट क्लबलाई !

माघ २७, क्रिकेट हिमालय

पोखरा क्रिकेट क्लब द्वारा आयोजित, यहि माघ २३ देखि २७ सम्म पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित ” द युनाइटेड गोल्ड मार्ट T20 क्रिकेट टुर्नामेन्ट, २०७४” को उपाधी पोखरा क्रिकेट क्लबले जितेको छ !

नेपालमै पहिलो पटक पिन्क ड्युज बलले खेलाइएको उपरोक्त प्रतियोगितामा पोखरा क्रीकेट क्लब पोखरा , राइजिङ क्रीकेट एकेडेमी पोखरा, साङ्गृला क्रीकेट क्लब पोखरा, पोखरा क्रीकेट एकेडेमी, अरण्यज्योती क्रीकेट क्लब पोखरा, बौद्ध क्रीकेट क्लब म्याग्दी, धौलागिरी क्रीकेट क्लब बाग्लुङ, खबरा क्रीकेट क्लब बेनि गरि कुल ८ टिमको सहभागीता रहेको थियो !

लिग चरणका खेल पश्चात् सेमिफाइनलमा पोखरा क्रीकेट क्लब, राइजिङ क्रीकेट क्लब, साङ्गृला क्रिकेट क्लब र अरण्यज्योती क्रीकेट क्लब पुगेका थिय !

पोखरा क्रीकेट क्लब र राइजिङ क्रीकेट एकेडेमी बिच आज सम्पन्न फाइनल खेलमा पोखरा क्रिकेट क्लब ९९ रनले बिजयी भयको छ !

फर्स्ट ब्याटिङ गरेको पि सि सि ले गोबिन्द प्रधानको आक्रमक ३८ बलमा ५९ रन र किशोर महतोको अलराउन्ड प्रदसनको मद्धतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १८९ रन बनायको थियो !

चुनौतीपूर्ण लक्ष पछ्यायेको राइजिङ सि ए २० ओभरमा ६ विकेट गुमाउदै ९० रनमा सिमित रहेपछी विशाल हार बेहोर्यो !

तस्बिर : पवन लम्साल

प्रतियोगिताको बेस्ट ब्याट्सम्यान पि सि सि का रिजन प्रजु, बेस्ट बलर साङ्रीलाका बिपिन खत्री, म्यान अफ द सिरिज पि सि सि का प्रदिप राउत, म्यान अफ द फाइनल पि सि सि कै गोबिन्द प्रधान भय !

पोखरा क्रिकेट एकेडमिका १० बर्शको उमेरमै क्लब लेबल क्रिकेट डेब्यु गरेका सोहैल कुवर इमर्जिङ प्लयेर भयका छन !

नेपाल U19 का किशोर महतो, दीपेश श्रेष्ठ र नेपाल U16 का समीर सेन राम्रो प्रदसनका लागि सम्मानित भयका थिय !

विजेता टीमले नगद ४० हजार साथमा नगद, शिल्ड तथा प्रमाणपत्र, उपविजेताले २० हजार सहित नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिय ! म्यान अफ दि टुर्नामेन्टलाई ७ हजार ५ सय बराबरको क्रिकेट किट्स प्रदान गरियको थियो भने बेस्ट बलर, बेस्ट ब्याट्सम्यानलाई जनही पाँच हजार साथमा हरेक दिन म्यान अफ दि म्याचलाई मिडटावन ग्यालेरियाको तर्फ बाट पुरस्कार प्रदान गरियेको थियो !