Cricket Himalaya
Cricket News From Top of The World

इनरुवा नगरपालिकाले वार्ड स्तरिय प्रतियोगिता मार्फत टिम तयार गरि ट्रेनिङ दिदै !

माघ २७, क्रिकेट हिमालय

फुलबारी क्रिकेट क्लब, इनरुवा २, सुनसरिको आयोजना, सुनसरी युथ क्लब सुनसरीको सहाअयोजना र इनरुवा नगरपालिकाको प्रायोजनमा यहि माघ २८ देखि ” इनरुवा वडा स्तरिय छनोट क्रिकेट प्रतियोगिता” हुदैछ !

जेल मैदान, इनरुवामा सन्चालन हुने उक्त प्रतियोगितामा इनरुवा नगरपालिकाका ८ वटा वडाहरु सहभागी हुने छन !

खेल तालिका

माघ २८ – वार्ड न २ भर्सेस वार्ड न ४

माघ २९ – वार्ड न १ भर्सेस वार्ड न ३ र वार्ड न २ भर्सेस वार्ड न ६

फाल्गुन १ – वार्ड न १० भर्सेस वार्ड न १

फाल्गुन २ – वार्ड न ४ भर्सेस वार्ड न ६ र वार्ड न ३ भर्सेस वार्ड न १०

* टप ४ सेमिफाइनल र त्यसका बिजेताले फाइनल खेल खेल्ने तालिका छ !

इनरुवा नगरपालिका र आयोजक ” वार्ड स्तरिय प्रतियोगिताबाट खेलाडी छनोट गरि इनरुवा नगरपालिका सुनसरीको टोली तयार पारी ट्रेनिङ गराउने लक्ष रहेको छ