Cricket Himalaya
Cricket News From Top of The World

बर्दियामा मेयर कप क्रिकेट हुदै !

माघ २७, क्रिकेट हिमालय

गुलरिया नगरपालिका, बर्दियाको सहयोग र “जिल्ला क्रिकेट संघ , बर्दिया” को आयोजनामा यहि माघ २५ देखी फाल्गुन ४ सम्म कभर्डहल मैदान, गुलरिया, बर्दियामा “मेयर कप क्रिकेट प्रतियोगिता,२०१८” सन्चालन भै रहेको छ !

उक्त प्रतियोगितामा ब्ल्याक बक क्रिकेट क्लब गुलरिया, जनचेतना युवा क्लब खैरी, हिमाली स्पोर्ट्स क्लब चौगुर्जी, बर्दिया टाइगर युथ स्पोर्ट्स क्लब गुलरिया, जय दुर्गा भवानी क्लब तुलसीपुर, शिबशक्ती समाज खैरापुर, खैरापुर स्पोर्ट्स क्लब, राइजिङ स्टार स्पोर्ट्स क्लब गरि कुल ८ टिमको सहभागिता रहेको छ !

पहिलो खेलमा राइजिङ स्टार स्पोर्ट्स क्लबले जय दुर्गा भवानी क्रिकेट क्लबलाइ रोमान्चक १ रनले पराजित गरेको थियो !

म्यान अफ द म्याच प्रदान गर्दै जिल्ला क्रिकेट संघ, बर्दियाका अध्यक्ष बिनय राज भन्डारी

राइजिङ स्टारका प्रबिण पौडेल म्यान अफ द म्याच घोसित भयको उक्त खेलमा राइजिङले फर्स्ट ब्याटिङ गर्दै १४.३ ओभरम ९३ रन बनायको थियो, भने जय दुर्गा १९ ओभरमा ९२ रनमा समेटियपछी झिनो अन्तरले पराजित रह्यो !

त्यसैगरी अर्को खेलमा खैरापुर स्पोर्ट्स क्लबले शिबशक्ती युवा क्लबलाइ पराजित गरेको थियो !

आज सम्पन्न पहिलो खेलमा खैरापुर स्पोर्ट्स क्लबले जय भवानी दुर्गा क्लबलाइ र जनचेतनाले हिमाली स्पोर्ट्स क्लबलाइ पराजित गरेका छन !

ग्रुप बिभाजन

खेल तालिका

जिल्ला क्रिकेट संघ, बर्दियाको आयोजनामा सम्पन्न हुदै गरेको उपरोक्त मेयर कप T20 क्रिकेट प्रतियोगितामा उल्लेख संख्यामा समर्थकहरु मैदानमा पुगेर आ आफ्नो टिमलाइ हौसला प्रदान गरेका छन !