Cricket Himalaya
Cricket News From Top of The World

ओमान सङ नेपाल ६ विकेटले पराजित !

माघ २६, क्रिकेट हिमालय

वोर्ल्ड क्रिकेट लिग डिबिजन टु २०१८ अन्तर्गत आज दोश्रो राउन्डको खेल अन्तर्गत नामिबियाको विन्डहक मैदानमा ओमानले नेपाललाइ ६ विकेटले पराजित गरेको छ ! 

तस्बिर : रमन शिवाकोटी 

महत्त्वपूर्ण मानियेको टस जित्दै ओमानले नेपाललाइ पहिलो ब्याटिङको निम्तो दियेको थियो छ ! अत्यन्त सुस्त सुरुवात गरेको नेपालले ४.६ ओभरमा मात्र १० रन हुदा पहिलो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमायको थियो ! 

नियमित रुपमा ओमानी बलिङ अघि फिक्का देखियेको नेपाल मात्र ४६ ओभरमा १३८ रन बनाउदै अल आउट भयको थियो ! नेपालको तर्फबाट सरद भेषावकरले सर्बाधिक २२ रन बनायका थिय भने दिपेन्द्र एरिले २० रनको योगदान दियेका थिय ! 

झिनो १३९ को टार्गेट चेज गरेको ओमान अकिब इलियसको आक्रमक ४६ रनको मद्धतमा ३६ औ ओभरमा ४ विकेट गुमाउदै लक्षमा पुगेपछी ६ विकेटले नेपाल बिरुद्ध बिजयी भयो ! नेपालको तर्फबाट सन्दिप लामिछानेले सर्बाधिक २ विकेट लियेका थिय ! 

नेपाली ब्याटिङ कार्ड

क्रीकइन्फो स्क्रिनसट 

महत्त्वपूर्ण १० घटना

१ टस ओमानले जित्दै नेपाललाइ फर्स्ट ब्याटिङको निम्तो दियेको थियो !

२ नेपालले २० ओभरमा २ विकेट गुमाउदा पहिलो ५० रन बनायको थियो , भने ३३ ओभरमा ६ विकेट गुमाउदा १०० रन पूरा गरेको थियो !

३ नेपालको लागि हाइयेस्ट पार्टनरसिप ५० बलमा ३६ रनको दिपेन्द्र एरि र सरद भेषावकर बिच भयको थियो !

४ नेपालले १४ चौका प्रहार गर्यो भने कुनै पनि छक्का प्रहार भयन

५ आज नेपालले लगातार दोश्रो दिन विन्डहक मैदान, नामिबियामा खेलेको थियो !

६ ओमानि बलर कलिमुल्लाहले १० ओभरमा २८ रन दिदै ४ नेपाली विकेट लियेका थिय !

७ नेपाली ब्याट्सम्यानले आफुले खेलेका २७६ बल मध्य २०६ बल डट (०) खेले !

८ ओमानी ब्याट्सम्यान अकिब इल्यासले ५३ बलमा सर्बाधिक ४६ रन बनायका थिय ! 

९ ओमान तर्फ तेश्रो विकेटको लागी ७२ बलमा सर्बाधिक ४६ रनको पार्टनरसिप भयको थियो ! 

१० नेपाल बिरुद्ध सहज जित सङै ओमानले पनि अन्कतालिकामा २ अन्क जोडेको छ ! दुबै टिम २/२ खेल खेल्दै १/१ जित हात पारेका छन !