Cricket Himalaya
Cricket News From Top of The World

नेपालको कमजोर ब्याटिङ, ओमान १३९ रन पछ्याउँदै !!

माघ २६, क्रिकेट हिमालय

वोर्ल्ड क्रिकेट लिग डिबिजन टु २०१८ अन्तर्गत आज दोश्रो राउन्डको खेल अन्तर्गत नेपाल र ओमान एक आपसमा भिडदैछन !

महत्त्वपूर्ण मानियेको टस जित्दै ओमानले नेपाललाइ पहिलो ब्याटिङको निम्तो दियेको थियो !

अत्यन्त सुस्त सुरुवात गरेको नेपालले ४.६ ओभरमा मात्र १० रन हुदा पहिलो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमायको थियो !

नियमित रुपमा ओमानी बलिङ अघि फिक्का देखियेको नेपाल मात्र ४६ ओभरमा १३८ रन बनाउदै अल आउट भयपछी केहिबेरमा ओमान १३९ रनको टार्गेट चेज गर्दैछ !

नेपाली ब्याटिङ कार्ड

नेपालको तर्फबाट ज्ञानेन्द्र मल्ल ७(१७), दिलिप नाथ १९ (४९), पारस खडका १७ ( ४२ ), आरिफ सेख ६ (२०), सरद भेषावकर २२ (३९), दिपेन्द्र एरि २० (३२), वसन्त रेग्मी १ (६), रोहित पौडेल १४ (४२) , सोमपाल कामी १७ (२५*), करन केसि ४ (४) र सन्दिप लामिछानेले ० (१) रन बनायका थिय !

महत्त्वपूर्ण १० घटना

१ टस ओमानले जित्दै नेपाललाइ फर्स्ट ब्याटिङको निम्तो दियेको थियो !

२ नेपालले २० ओभरमा २ विकेट गुमाउदा पहिलो ५० रन बनायको थियो , भने ३३ ओभरमा ६ विकेट गुमाउदा १०० रन पूरा गरेको थियो !

३ नेपालको लागि हाइयेस्ट पार्टनरसिप ५० बलमा ३६ रनको दिपेन्द्र एरि र सरद भेषावकर बिच भयको थियो !

४ नेपालले १४ चौका प्रहार गर्यो भने कुनै पनि छक्का प्रहार भयन

५ आज नेपालले लगातार दोश्रो दिन विन्डहक मैदान, नामिबियामा खेलेको थियो !

६ ओमानि बलर कलिमुल्लाहले १० ओभरमा २८ रन दिदै ४ नेपाली विकेट लियेका थिय !

७ नेपाली ब्याट्सम्यानले आफुले खेलेका २७६ बल मध्य २०६ बल डट (०) खेले !

ओमानी ब्याटिङ लाइन आक्रमक छ, तर अधैर्य , सुरुवाती झटका दिन सके सम्हालिन नसक्ला ! यद्धपी खेल आधा हुदा ओमानको पछ्यमा देखिन्छ !