Cricket Himalaya
Cricket News From Top of The World

नेपालले दोश्रो खेल ओमान बिरुद्ध खेल्दै !

वोर्ल्ड क्रिकेट लिग डिबिजन टु अन्तर्गत आज

वोर्ल्ड क्रिकेट लिग डिबिजन टु २०१८ अन्तर्गत आज दोश्रो राउन्डको खेलहरु नामिबियामा दिउसो १:१५ बाट सुरु हुनेछ ! आज क्यानडा र यु ए इ, केन्या र नामिबिया, नेपाल र ओमान एक आपसमा प्रतिस्पर्धा गर्नेछन !

प्रतियोगिताको पहिलो दिन के भयो

हिजो सम्पन्न पहिलो दिनको खेलमा यु ए इ ले केन्यालाइ बिसाल २१८ रनले , क्यानडाले ओमानलाइ ८ विकेटले र नेपालले आयोजक नामिबियालाइ १ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुवात गरे ! पहिलो दिनको खेल सकिदा अन्कतालिका !

नेपाल भर्सेस ओमान

डिबिजन टु २०१८ अन्तर्गत पहिलो दिनको पहिलो राउन्ड सकिदा ओमान अनुमान बिपरित क्यानडा सङ ठुलो मार्जिनले पराजित रह्यो, टुर्नामेन्टकै सरपराइज टिमको रुपमा हेरियेको टिम हो ओमान ! टि२० मा बलियो रहेको ओमान सम्भवत ५० ओभरका खेलहरुमा अपेक्षित प्रदसन गर्न सङ्हर्स गर्नेछ !

कमजोर तयारी बिच नामिबिया पुगेको टिम नेपाल भने सन्दिप लामिछाने र बसन्त रेग्मिको उत्कृष्ट बलिङ सङै न्युन स्कोरमा समेटियेको नामिबिया बिरुद्ध अन्तिम ओभरमा पुगेर जित निकल्न सफल भयको थियो !

तस्बिर : रमण सिवाकोटी

के के ले आज नतिजा फरक पार्न सक्छ

१ टस : नामिबिया स्थित विन्डहोक मैदानमा आज पनि नेपाल भर्सेस ओमान बिचको खेल हुने हुदा टस महत्त्वपूर्ण रहनेछ, लेट हावरमा पानी पर्ने सम्भावना जिबित रहि रहदा चेज गर्दा योजना सोहि अनुसार परिवर्तन गर्ने सुबिधा टस जित्ने टिम सङ रहन्छ ! येसैपनी एसोसिएट लेबलमा टस जित्यो कि बलिङ रोज्ने परम्परा छ !

२ अबिश्वसनिय ओमानी ब्याटिङ : आक्रमण गर्न रुचाउने टिम ओमानको ब्याटिङ क्लिक भय टिम नेपाल बिरुद्ध नसोचेको स्कोर बनाउन सक्छ, सचेत हुन जरुरी !

३ चमत्कारिक नेपाली बलिङ : एसोसिएट बिच सदैब बलियो रहेको नेपाली स्पिन आक्रमण र सोमपाल कामिको दृढता ओमानि टाउको दुखाइ नहोला भन्न सकिन्न !

अनुमान

क्रिकेटमा पुर्ब अनुमान गर्नु मुर्खता नै हो, बिसेस दिनमा उत्कृष्ट प्रदसन गर्ने टिम नै बिजयी हुने हो ! यद्धपी पहिलो दिनको ओमानि प्रदसन , जितको भोक सङै प्रभावी नेपाली बलिङ आक्रमण , ओमान बिरुद्ध नेपाल हावी हुन पनि सक्छ !