Cricket Himalaya
Cricket News From Top of The World

नेपाल संघर्ष गर्दै गर्दा मौसम बिचमा, खेल रोकिएको छ ।

माघ २५, क्रिकेट हिमालय

वर्ल्ड क्रिकेट लिग डिबिजन दुइ, २०१८ को पहिलो दिन आयोजक नामिबिया सङ टिम नेपाल पानीले रोकियेको छ !!

नामिबियाको विन्डहोक मैदानमा नेपालले टस जित्दै नामिबियालाइ फर्स्ट ब्याटिङको निम्तो दियेको थियो !

नामिबियाले क्रेग विलियम्सको ४१ रन , जेडइ ग्रीन र फ्रीलिन्कको उपयोगी २२/२२ रनको मद्धतले ३४.२ ओभरमा अल आउट हुँदै मात्र १३८ रन बनायेको थियो ! तिब्रगतिका बलर सोमपाल कामीले ३ र भर्खर आइ पि एलको अक्सन मार्फत दिल्ली डेयर्डेबिल्समा आवद्ध भयका सन्दिप लामिछानेको ४ विकेटको सहयोगमा नामिबिया न्यून स्कोरमा समेटियेको थियो !

कुल १३९ को मध्यम लक्ष पछ्यायको टिम नेपाल सरद भेषावकरको २९ रन र पारस खडकाको १९ रनको मद्धतमा ४३ ओभरमा ८ विकेट गुमाउदै लक्ष उन्मुख भै रहदा पानीले खेल रोकियेको छ !

खेल अन्तर्गत १० महत्त्वपूर्ण घटना

१ महत्त्वपूर्ण मानियको टस नेपालले जितेको थियो !

२ सोमपाल कामिले नामिबियाको सुरुवाती दुई विकेट लिदा नामिबिया ४.२ ओभरमा २३ रनको अवस्थामा थियो !

३ नामिबियन जेड इ ग्रीन र क्रेग विलियम्स बिच तेश्रो विकेटको लागि ४४ बलमा ५२ रनको अर्धसतकिय पार्ट्नर्सिप भयको थियो !

४ सन्दिप लामिछानेले ८.२ ओभर बलिङ गर्दै २ मेडन सहित मात्र १८ रन दियेर ४ विकेट लियेका थिय !

५ करिब ३४.२ ओभर बलिङ गर्ने क्रममा नेपाली बलरले नो बल एउटा पनि गरेनन !

६ नामिबियाले बनायको १३८ रन मध्य १७ चौका र २ छक्का गरि ८० रन बाउन्ड्री बाट आयको थियो !

७ नेपालि ओपनर दिलिप नाथ सुन्यमा आउट भयका थिय !

८ नेपालको १९.५ ओभरमा मात्र ५० रन बन्दा ५ विकेट गयको थियो

८ नेपालको तर्फबाट सरद भेषावकर र रोहित पौडेल बिच सातौ विकेटको लागि ७९ बलमा मात्र ३७ रनको ठूलो पार्ट्नर्सिप भयको थियो !

९ नेपालको तर्फबाट सरद भेषावकरले उच्च ६७ बलमा २९ रन बनायेको थिय !

१० नेपालको तर्फबाट मात्र ९ चौका प्रहार भयको छ भने कुनै पनि छक्का भयको छैन !