Cricket Himalaya
Cricket News From Top of The World

पहिलो खेल आयोजक सँगै, मैदानको अवस्था र भुमिका के रहने !

माघ २५, क्रिकेट हिमालय

बिश्व क्रिकेट लिग अन्तर्गत टिम नेपालले आज नामिबिया सङ ठिक १.१५ नेपाली समयमा पहिलो खेल खेल्दैछ !

आज पहिलो खेलमा नेपालले वान्डरर्स एफेइस पार्क (डब्लुएपी) मैदानमा आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

महत्त्वपूर्ण खेल, आयोजक टिम सङ नै पहिलो खेल खेल्दै गर्दा दवाव छ टिम नेपाललाइ, साथमा खेल हुने मैदानको पिचको भुमिका अलग !

नामिबियामा पछिल्लो तीन दिनदेखी अभ्यासरत टिम नेपालको आज हुने खेलको पिच सम्बन्धमा बुझाइ ” पिच गतिशील भएको यो मैदान दक्षिण अफ्रिकाको मैदानभन्दा फरक अवस्थाको छ। यहाँ बाउन्स समेत हुने गर्छ। वर्ल्ड क्रिकेट लिग हुने अन्य दुई मैदानको तुलनामा यो मैदानको बाउन्ड्री पनि सानो छ। “

यहि मैदानमा नेपालले नामिबियासँग खेले लगत्तै दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ।