Cricket Himalaya
Cricket News From Top of The World

नेपाल भर्सेस नामिबिया, टस जित्दै नेपालको पहिलो बलिङ गर्ने निर्णय !

11 July 2015; Paras Khadka, Nepal, right, and Nicolaas Scholtz, Namibia, left, at the coin toss before the start of the match. ICC World Twenty20 Qualifier 2015, Nepal v Namibia, Stormont, Belfast, Co. Antrim. Picture credit: Seb Daly / ICC / SPORTSFILE

माघ २५ क्रिकेट हिमालय

नामिबियामा आजबाट सुरु हुँदै गरेको वर्ल्ड क्रिकेट लिग डिबिजन दुई अन्तर्गत, नेपाल भर्सेस नामिबिया बिच केही बेरमा हुने खेलमा नेपालले टस जित्दै बलिङ रोजेको छ !

प्रतियोगिता अन्तर्गत हरेक खेलहरु महत्त्वपूर्ण रहेका छन, बिसेसगरि एसोसिएट लेबलमा टस जित्नु पनि मनोबैज्ञानिक रुपमा फाइदाजनक नै हो , यद्यपि खेल भने राम्रो प्रदसन गर्ने टिमकै फेबरमा हुनेछ !

को को खेल्दैछन डिबिजन टु

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारमा पर्न नसकेपछि नेपाल, केन्या, यु ए इ र नामिबिया डिभिजन २ मा खेल्दै छन भने डिभिजन ३ बाट शीर्ष दुई बनेर आएका ओमान र क्यानाडा समेत डिबिजन दुइका प्रतिस्पर्धीसहभागी ६ टोलीले राउन्ड रोबिन लिगमा एकले अर्कासँग प्रतिस्पर्धा गर्नेछन् !

नेपालको खेल तालिका

प्रतियोगिताको आयोजक नामिबिया संग आज बिहीवार खेल्दैछ भने, दोश्रो खेल फेब्रुअरी ९ मा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ मा युएईसंग, चौथो खेल फेब्रुअरी १२ मा केन्यासंग, पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ मा खेल्नेछ।

तस्बिर : नामिबिया क्रिकेट

नेपाल vs नामिबिया ( टेक्स्ट ) लाइभ

अफिसियल रुपमा टेक्स्ट लाइभ यहाँ क्लिक गरी हेर्न सकिनेछ ।