Cricket Himalaya
Cricket News From Top of The World

नेपाल भर्सेस नामिविया आज

माघ २४, क्रिकेट हिमालय

वोर्ल्ड क्रिकेट लिग डिबिजन दुई अन्तर्गत महत्त्वपूर्ण खेल आज टिम नेपालले नामिबिया विरुद्ध खेल्दैछ ! प्रतियोगितामा हरेक खेल महत्त्वपूर्ण छन !

१ खेल कति बजे र कहा

डिभिजन दुईमा बिहीबार नेपालले आयोजक नामिबियासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ! एफिस पार्क मैदान, विन्डोकमा हुने खेल नेपाली समय अनुसार १:१५ बजे दिउसो हुनेछ।

२ पछिल्लो भिडन्त

नेपाल र नामिबिया एक आपसमा २००१ को आइसीसी ट्रफीमा भिडेका थिय, जसमा नामिबियाले नेपाललाई पराजित गरेको थियो। २०१५ मा भएको डिभिजन दुई तथा २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भएका दुई खेलमा नेपालले आफ्नो पक्षमा पारेको थियो।

३ कसले जित्ला

यो ५०/५० को प्रतिस्पर्धा हो ! तर, नामिबियाको घरेलु मैदानमा उनीहरुको आफू अनुकुल विकेटमा खेल्ने भएकाले इतिहास भन्दा पनि राम्रो क्रिकेट खेल्ने टोलीले नतिजा आफ्नो पक्षमा पार्नेछन्।

४ नेपालको तालिका

प्रतियोगिताको आयोजक नामिबिया संग आज बिहीवार खेल्दैछ भने

दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग

तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग

चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग

पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

५ लाइभ के मा

टेक्स्ट लाइभ क्रीकिन्फो बाट हुनेछ भने नामिबिया सङको खेल नामिबियाको अफिसियल फेसबुक पेजबाट हुनेछ !

६ डिबिजन दुइमा को को टिम छन ?

आयोजक नामिबिया सहित ओमान , यु ए इ, नेपाल, केन्या, क्यानडा सहित कुल ६ टिम रहेका छन !

७ नेपाल टिम

ब्याटिङ कन्सल्टेन्ट भारतिय प्रशिक्षक सुलछ्यण कुलकर्णी सहित पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल (उप-कप्तान) , शक्ति गौचन , बसन्त रेग्मी , शरद भेषावकर , सोमपाल कामी, करण केसि , मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ (विकेट किपर), ललित सिंह भन्डारी, अनिल साह, रोहित कुमार पौडेल १४ सदस्यीय टिम नेपालले महत्त्वपूर्ण डिबिजन २ अन्तर्गतका खेलहरु खेल्नेछ !