Cricket Himalaya
Cricket News From Top of The World

डिपीएल का संयोजक सुवास शाहिको क्रिकेट प्यासन र अनुभव 

डिल्लिराज

ओझा

नेपालमा खेलिने अधिकांश खेलहरु मध्ये क्रीकेट पनि केही समययता असाध्यै रुचाइएको खेलको रूपमा हेरिन्छ। जो रुचि आम क्रीकेटप्रेमिमा थियो त्यो ममा पनि थियो। धनगढीमै जन्मियो, हुर्कियो, पढियो, जान अन्जानमै क्रीकेट पनि खेलियो पछि उच्च शिक्षा हांसिलका लागि राजधानीमा केही वर्ष विताएर पुनः धनगढी फर्किदा पहिलेको जस्तो न प्रतियोगिता देखियो न क्रीकेटको क्रेज नै देखियो !

अधिकांशले रुचाइएको

क्रीकेटलाई अब धनगढीबाटै क्रीकेटको लहर देशमै पुर्याउनुपर्छ भन्ने लागेर सन् २०१० मा २५ हजार धनराशिको कलेजस्तरिय एस्. पि. ए. कप क्रीकेट प्रतियोगिता सुरु गरियो !

सुरुसुरुको प्रतियोगिता हुंदा व्यवस्थापन गर्न असाध्यै गाह्रो भयो , प्रायोजक खोज्न झन गाह्रो तर भित्रभित्रै भने प्रफुल्ल हुन्थे वाह काम ग

रियो,

गाह्रोसाह्रो जस्तो भएनी कमसेकम एउटा अभियानको सुरुवात गरियो भनेर ।

बिस्तारै नेपालमा क्रीकेटको क्रेज अझै बढ्दै गयो, खेलाडीहरु हौसिदै गए, देशका केहि केही ठाउँमा क्रीकेट प्रतियोगिताहरु हुन थाले मलाई झन उर्जा मिल्यो र अझ केही नयाँ / परिस्कृत तवरले धनगढीमा क्रीकेटजन्य गतिविधि बढाउनुपर्छ जसले समग्र देशमै एउटा तरंग ल्याओस र खेलाडीहरु पनि खेलेर बांच्न सकुन भनेर धनगढी क्रीकेट लिग ( DCL) को सुरुवात गर्यौ, त्यतिबेला धनगढी आसपासकै टिम क्यापसरोड, हसनपुर, सन्तोषी टोल, टिम चौराह र अत्तरिया गरि पाँच टिम तयार गरि एउटा खेलाडीले न्युनतम ५ हजरदेखि अधिकतम ४० हजारसम्म पारिश्रमिक पाउने हिसाबले प्रतियोगिता सम्पन्न गर्यौं !

सिमित साधन, अनुभवको कमिका कारण प्रतियोगिता संचालन गर्न केही अप्ठ्यारो परेपनी हामिले गर्न खोजेको प्रयोग सफल भएपछि म अझै हौसिए र अब झन परिपक्व तवरले अगाडि बढ्नुपर्छ र यो प्रतियोगिताको दायरा बढाइ अझै उत्कृष्ट व्यवस्थापनका साथ अगाडी बढ्नुपर्छ भन्ने मनसाय मनमा झन जोशिलो भएर आयो, त्यसैले गतवर्षदेखि देशकै ६ शहरको नामबाट देशव्यापी प्रतियोगिता धनगढी प्रीमिएर लिग ( DPL) को सुरुवात गर्यौं !

प्रतियोगिता गजबको भयो भनेर धेरैले प्रशंसा गर्नुभयो, मिडियाक्रमिले पनि कामको प्रशंसा गरे । खेलाडी, टिम मालिक, खेलप्रेमी ,प्रायोजक कम्पनीहरु पनि संतुष्ट भएपछि म पनि हर्षित भए, लौ एउटा उदाहरणिय काम गरियो जस्तो लाग्यो आफैलाइ।

यसपटक अझै उच्च व्यवस्थापनका साथ प्रतियोगिता सुरु हुनुभन्दा करिवन ३ महिना अगाडिदेखि नै लागिरहेका छौ। गतवर्ष भन्दा नयाँ प्रयोग थर्ड अम्पाएर, ठूलो स्कृनको एल.सि.डि. राउण्डिङ प्याराफिट, आइसिसीबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय अम्पाएर, सकिन्छ भने अम्पायरको क्यापमा क्यामरा, स्टाम्पमा लाइट सिस्टम आदि प्रयोग गर्ने तयारीमा छौ।

खासमा हामी पुर्णतया व्यवसायी तवरले क्रीकेट प्रतियोगिता गरिरहेका छैनौ, हामी एउटा अभियानको रूपमा अगाडि बढिरहेका छौ, हाम्रो लक्ष्य ढिलोचाँडो विश्वकपको ट्रफी सगरमाथाको चुचुरोमा पुर्याउनु रहेकाले हामी हतार गरिरहेका छैनौ, हामिले धेरै सिक्नुछ, अनुभव बटुल्नुछ तब पो परिस्कृत भएर अगाडि बढ्न सक्छौ ।

विश्व क्रीकेटमा तहल्का मचाइरहेको श्रीलंका हाम्रो जस्तै सानो भुगोल र हाम्रै अनुपातमा जनसंख्या भएको देश हो, आज उस्ले विश्वकप जित्ने सपना देख्छ र जित्छ भने हामी केमा कम छौ, त्यहाँका बालबालिका पनि सानै उमेरमा आफै ब्याट समात्छ्न हाम्रोमा नि बालबालिका आफै ब्याट समात्छन बाटो/ तरिका एउटै हो तर त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने कुरा मुख्य हो।

हिजोको दिनमा सुवासले आफ्नो कलेजको प्रोमोटको लागि प्रतियोगिता गर्दैछ, यो पुर्णतया नाफामुखी आयोजना हो भन्थे तर हामी भन्ने र नकारात्मक टिकाटिप्पणी गर्नेको पछाडि कहिल्यै अल्झेनौ बरु त्यसलाई एउटा मार्गदर्शक वा अझ परिस्कृत भएर जाने खुट्किलो सम्झियौ, आज प्रतियोगिता गर्दा के सुवासलाई मात्र फाइदा भएको छ र ? के खेलाडीलाई बाँच्ने आधार मिलेको छैन, एउटा खेलाडीले न्युनतम २५ हजारदेखी अधिकतम २ लाख पारिश्रमिक पाइरहेका छन के त्यो सफलता होइन, धनगढी प्रत्येक होटल प्रतियोगिताभर पुरै बुकिङ हुन्छन, रिक्सावाले रिक्साभरी यात्रु पाउँछन्, अन्य व्यापार व्यवसाय चलायमान हुदैछन !

खेलकुदका माध्यमबाट पर्यटन व्यवसायमा प्रत्यक्ष टेवा पुग्दछ समग्र देश खेलकुदका माध्यमबाट अगाडि बढ्छ,विश्वमानचित्रमा सानोदेशलाई दुनियाँले चिन्छ्न।खेलाडीहरु यस्ताखाले प्रतियोगितामा आफ्नो सहभागी जनाउन सक्दो मिहिनेत गर्छन जसको प्रत्यक्ष फाइदा समग्र नेपालको क्रीकेटलाई हुन्छ किनकी प्रतियोगिताबाट खेलाडीहरुको निखारता आउँछ र देशले राम्रो खेलाडी पाउँछ ।

गर्न त अझै धेरै बाँकी छ , हामिले त भख्खर सुरुवात गरिरहेका छौ, नयाँ नयाँ प्रयोग गरिरहेका छौ, सिक्दै छौ, निखारिदै छौ, देशमा एउटा पनि अन्तरास्ट्रियस्तरको क्रीकेट स्टेडियम छैन, राम्रा क्रीकेट एकेडेमी छैनन , आम मान्छेको मानसिकता बदलियेको छैन खेलप्रति, खेलेर के हुन्छ र के पाइन्छन भन्छन अझै पनि अभिभावक । त्यसैले धेरैकुरा अझै गर्न बाँकी छ ।

सुवास शाही भिजन भएको मान्छे हो क्यानमा आए हुन्थ्यो राखेपमा आए हुन्थ्यो समग्र देशको खेलकुद अगाडि बढ्थ्यो भन्छन सुभचिन्तकहरु तर त्यहाँ गएर के गर्नु त्यो चंगुलमा फसेर, त्यहाँ त पसे उम्किन सकिन्न ? सबै पदाधिकारी आ- आफ्नै नियम/ कानुन बनाउन खोज्छन, आफ्नै नजिकका आफन्त नातागोता भर्न खोज्छन काम गर्ने जोश अझै मुर्झिन्छ झन।

व्यक्तिगत स्वार्थभन्दा माथि बढेर अगाडि बढे समग्र देश तथा खेल क्षेत्र अगाडि बढ्छ व्यक्तिगत मुनाफा कमाउन त व्यापार नै गर्नुपर्दछ । आजभोलि धेरैले धनगढीभन्दा राम्रो माइलेज/ बढी दर्शक राजधानीमा पाउँछ डिपिएलले वा यो जस्तै प्रतियोगिताले त्यसैले राजधानीमा यस्ता प्रतियोगिता गर्नु न सुवास जी भन्नुहुन्छ ? मैले जवाफमा हामी एउटा अभियानमा लागेका छौ, हामीले ठूलो सपना बनाएका छौ, हामी त्यो लक्ष्य त्यो बिन्दुमा पुग्न चाहान्छौ त्यसैले यसलाई दर्शक बढी तान्ने, टिकट बढी कटाउने ,धेरै नाफा कमाउने भन्दा पनि हामी राज्यको नजरबाट संधै पछि परेको स्रोत साधनको अभाव भएको विकट सुदुरपश्चिममा त यस्ताखाले ठुला प्रतियोगिता गर्न सक्छौ भने अरु शहरमा वा राजधानीमा किन सकिँदैन भन्ने प्रेरणा दिनको लागि र राज्यलाइ घच्घच्याउनुको लागि विभिन्न चुनौतीका बाबजुद पनि यो अभियानको थालनी गरेका हौ ।

सपना/ लक्ष्य त ठुलै छ नि काम गर्दै गर्दा अझ अनुभवी भैइदैछ धनगढीमा रहेको धनगढी क्रीकेट एकेडमीलाई अन्तर्राष्ट्रियस्तरको एकेडेमिको रूपमा विकसित गर्ने, अहिलेपनि ५० औं खेलाडी प्रशिक्षण लिइरहेका छन, रास्ट्रीय कोच जंगबहादुर थापालाइ केही महिनाको लागि ल्याएका छौ, केही महिनापछि अन्तर्राष्ट्रिय कोच ल्याउने तयारी भैरहेको छ, अब एकेडमी भित्रै जिम क्लब, बलिङ मिसिन, रातिमा पनि अभ्यास गर्न सकिने गरि ग्याउण्डमा लाइटिङ सिस्टम जडाइ गर्दैछौ, अनि अबको पाँच वर्षपछी एकेडमीको आफ्नै डे नाइट खेल खेलाउन सक्ने सुबिधासम्पन्न खेलमैदान तयार गर्ने, डिपिएललाई “होम एन्ड अवे” को आधारमा छिट्टै केही संस्करणमै आयोजना गर्ने जुन जुन शहरमा डिपिएल हुन्छ त्यहाँको टिमले आफ्नो शहरको मैदान तयारी उसैले गर्छ, टिकटको पैसा उसैले लिन्छ, त्यो क्षेत्रका प्रायोजकको रकम उसैले प्राप्त गर्छ । त्यो किसिमको तयारीमा अहिले जुटिरहेका छौ, टिम मालिक र प्रायोजकबाट पनि सकारात्मक धारणा आइरहेको छ, हामी छिट्टै त्यो प्रयोगमा पनि जानेछौ । मुख्य लक्ष्य भनेको म धनगढीबासी र यो क्षेत्रमै हुर्के बढेको हुनाले मेरो दायित्व र कर्तव्य पनि हुन आउँछ धनगढी शहरको नाम खेलकुदका माध्यमबाट विश्वभरी फैलाउनु ।

धनगढीमा अन्तरास्ट्रिय स्तरको फाप्ला पनि निर्माणकै चरणमा छ । हामी सबै लागिरहेका छौ । हामी वार्षिक लाखौ रुपैयाँ लगानी लगाएर प्राइभेट सेक्टरको ग्राउन्ड प्रयोग गरिरहेका छौ । गतवर्ष डिपिएलको फाइनलमामा ग्राउन्ड सानो भएर हजारौं दर्शक टिकट काटेर पनि खेल हेर्न पाएनन । त्यसैले राज्यको ध्यान पनि खेलकुद तिर जाओस् ,खेलकुदमा भंगेराको लागि कनिका छर्के जसरी बजेट नछर्कियोस ,आगामी आर्थिक वर्षमा फाप्लाका लागि र समग्र खेलकुदको लागि विशेष रूपमा बजेट छुट्याइयोस ।

अन्त्यमा हामी गर्नै सक्दैनौ, सम्भवै छैन भन्ने मानसिकता त्याग्नुपर्दछ, दुनियाँमा हरचिज सम्भव छ मात्र इच्छाशक्ति, लगनशीलता, इमानदारीता ,धैर्यता र निरंतरताको कमि छ हामिमा, हामी एकैचोटि नतिजाको अपेक्षा गर्छौं नतिजा नआए कार्य छोडिदिन्छौ असारमा धान रोपे पाक्नलाइ पनि त कार्तिकसम्म कुर्नुपर्छ ?