Cricket Himalaya
Cricket News From Top of The World

देसका नौ सहरमा अन्डर १९ कलेज प्रिमियर लिग हुने

नेपालय इन्टर्न्यासनलको आयोजनामा यहि फाल्गुन १ देखि देसका विभिन्न ९ सहरमा १५० भन्दा बढी कलेजहरुको सहभागितामा ” एक्स्पर्ट कलेज प्रीमियर लिग २०१८ ( सिपिएल) ” हुने भयको छ ! रा खे प र हिसान सङ कोअर्डिनेट गर्दै ठूलो संख्यामा युवा क्रीकेटर्सहरुको सम्लग्नता सहित प्रतियोगिता आयोजना हुदैछ !


कलेज प्रीमियर लिग हुने सहरहरु काठमाडौ , चितवन, भैरहवा , पोखरा , दाङ, नेपालगन्ज , धनगढी, इटहरी र बिर्तामोड रहेका छन !


हरेक सहरहरुले कम्तिमा १० कलेजको सहभागितामा सि पि एल लिग आयोजना गर्नेछन, कलर ड्रेस व्हाइट बलमा टि२० फर्म्याटमा लिग कम नकआउट बेसिसमा करिब १ महिना सन्चालन हुने सि पि एल को टाइटल स्पोन्सर एक्स्पर्ट एजुकेसन एन्ड भिसा कन्सल्टेन्सी रहेको छ ! सि पि एल लिग सन्चालन हुने सहरहरुमा कलेजहरुले इन्ट्री फि रु २०००० पे गरेर दर्ता गर्न सकिनेछ , आयोजकले जर्सी ट्राउजर्स उपलब्ध गराउने जनायको छ ! सि पि एल अन्तर्गतका बिजेता सिटिहरुले क्रिकेट ब्याट , ट्रफी, मेडल्स प्राप्त गर्ने छन भने उप बिजेताले स्पोर्ट्स वेयर किट्स, ट्रफी र मेडल्स प्राप्त गर्नेछन ! हरेक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गर्नेछन ! बेस्ट चियरिङ टिम, बेस्ट स्लोगन टिम, बेस्ट स्प्रीट टिमले समेत आकर्षक प्राइज प्राप्त गर्नेछन ! एक्स्पर्ट कलेज प्रीमियर लिग आयोजकले यु ए इ र पाकिस्तानमा सम्पन्न दृस्टीबिहिन क्रीकेट बिश्वकपमा सहभागी ” नेपाली रास्ट्रीय दृस्टीबिहिन क्रिकेट टिम ” लाइ आवस्यक क्रिकेट किट्स प्रदान गरेको छ ! प्रेसिडेन्ट हिसान रमेस सिलवाल ” प्रतियोगिताका उत्कृष्ट खेलाडिहरुलाइ हिसान मार्फत स्कलरसिप प्रदान गर्ने छ , नया खेलाडी उत्पादनमा हाम्रो योगदान सदैब रहनेछ ” नेपालय इन्टर्न्यासनल एम डि सुबास प्रधान , ” स्कुल र कलेजका युवा बिध्यार्थिहरु सहभागी हुने सि पि एल मार्फत नेपाली क्रिकेटको बेन्च स्ट्रेन्थ बलियो हुनेछ, युवा क्रीकेटर्सहरु लाभान्वित हुनेछन