Cricket Himalaya
Cricket News From Top of The World

खुकुरी कपमा रोयल पिसि फाइटर र लर्ड बुद्ध बिजयी

माघ २२, क्रिकेट हिमालय

काठमान्डौ स्थित मुलपानी क्रिकेट मैदानमा तेह्रौ दिन देखि जारी खुकुरी च्यालेन्जर्स T20 कप अन्तर्गत आज लर्ड बुद्ध क्रिकेट क्लब र रोयल पिसि फाइटर बिजयी भयका छन !

आज सम्पन्न पहिलो खेलमा पवन लम्सालको ४८ रनको मद्धतमा पहिलो ब्याटिङ गरेको त्रीमुर्ती ब्वाइजले २० ओभरमा ५ विकेट गुमाउदै १५१ रन बनाउन सफल भयको थियो !

एम श्रीवास्तब र ज्योती भन्डारिको क्र म स उपयोगी ३९ र ३६ रनको मद्धतले लर्ड बुद्ध क्रिकेट क्लब सहजै १८.२ ओभरमा ४ विकेट गुमाउदै लक्षमा पुग्न सफल भै खेल ६ विकेटले जितेको छ !

त्यसैगरी आजै सम्पन्न दोश्रो खेलमा सुबास खकुरेलको आक्रमक ४८ बलमा ६६ रनको मद्धतमा पहिलो ब्याटिङ गरेको रोयल पिसि फाइटरले ले २० ओभरमा ८ विकेट गुमाउदै १६३ रन बनाउन सफल भयको थियो !

रोयल पि सि फाइटर्सका प्रकास बिस्टले ४ ओभरमा मात्र १२ रन दिदै ५ विकेट लियेपछि आ ओ इ पुलचोक मात्र ९६ रनमा समेटियेको थियो ! सन्दिप सुनार, सुबाश खकुरेल, प्रकाश श्रेष्ठ , दिपेश खत्री , मेहबुब आलम सम्मिलित रोयल पि सि फाइटरले सहजै खेल ६६ रनले जित्न सफल भयको थियो !

भोलिका खेलहरु

1st Match: Rautahat Rising XI Vs Butwal Cricket Boys

2nd Match: Inter – District Sport Club VS Makwanpur Cricket Club

अन्क तालिका