Cricket Himalaya
Cricket News From Top of The World

दोलखा सदरमुकाम चरिकोटमा अन्तर बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुँदै

राज खत्री, माघ २०

प्राकृतिक सौन्दर्यले भरिपुर्ण जिल्ला दोलखा सदरमुकाम चरिकोट मा स्कुल स्तरिय टि20 क्रिकेट प्रतियोगिता हुँदैछ । फागुन २० देखि सुरु हुने प्रतियोगितामा दोलखा जिल्ला भरिका माध्यमिक बिद्यालय सहभागी हुन पाउने आयोजक क्रिकेट संघ दोलखा (CAD) ले बताएको छ । प्रतियोगिता को सम्पुर्ण म्याच चरिकोट स्थित टुडिखेल मैदानमा हुनेछ । प्रतियोगिता ICC को नियम अनुसार सन्चालन हुनेछ । टिम दर्ता इच्छुक बिद्यालयले खेलाडी नामावली सहित टिम दर्ता शुल्क रु.१५०० माघ २५ भित्र बुझाइ सक्नुपर्ने छ । प्रतियोगिता बिजेता ले रु. २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले रु.१० हजार सहित शिल्ड मेडल र ट्रफी पाउने छन । यस प्रतियोगिताले स्थानीय प्रतिभा को उत्खनन र संरक्षण गर्ने बिश्वास गरिएको छ ।

अन्य जानकारी को लागी :

सन्तोष पोखरेल: ९८४४०१२२५४
पवन खड्का: ९८१७८३४९५६