Cricket Himalaya
Cricket News From Top of The World

नेपालको तेश्रो अभ्यास खेल आज हुने

माघ १८, क्रिकेट हिमालय

डिभिजन-२ को तयारीका क्रममा युएईमा रहेको नेपाली रास्ट्रिय टिमले ३ वटा अभ्यास खेल खेल्ने तालिका अन्तर्गत पहिलो र दोश्रो अभ्यास खेलमा यु ए इ ‘ ए ‘ बिरुद्ध प्रभावसाली जित हात पारेको टिम नेपालले अन्तिम अभ्यास खेल यहि माघ १९ गते शुक्रबार खेल्नेछ !

साउथ अफ्रिका भ्रमण आइ सि सि ले अप्प्रुभ नगरेपछी दोश्रो अप्सन अन्तर्गत यु ए इ पुगेको टिम नेपाल फेब्रुअरी ४ मा अभ्यास खेल सक्नासाथ त्यही बाट नामिबिया प्रस्थान गर्नेछ !

फेब्रुअरी ८ देखी नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा डिबिजन २ मा प्रतिस्पर्धा गर्दैछन !

ब्याटिङ कन्सल्टेन्ट भारतिय प्रशिक्षक सुलछ्यण कुलकर्णी सहित पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल (उप-कप्तान) , शक्ति गौचन , बसन्त रेग्मी , शरद भेषावकर , सोमपाल कामी, करण केसि , मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ (विकेट किपर), ललित सिंह भन्डारी, अनिल साह, रोहित कुमार पौडेल १४ सदस्यीय टिम नेपालले महत्त्वपूर्ण डिबिजन २ अन्तर्गतका खेलहरु खेल्नेछ !