Cricket Himalaya
Cricket News From Top of The World

आधा अँक : नेपाली क्रिकेटमा नलेखिएको इतिहास

भानु सिग्देल, क्रीकेट हिमालय

१९८० सम्म काठमान्डौमा सीमित नेपाली क्रिकेट १९८८ मा ICC को एफिलियट सदस्य हुदै १९९६ मा एसोसिएट सदस्य भयपछि मात्र बिश्वमान चित्रमा देखा परेको हो ! १९९६ देखि २०१७ सम्मको २१ बर्से काल्खन्डमा नेपालले ICC World T20 Qualifier , World Cricket League , ICC Inter Continental Cup , ACC Imerging Nations Cup , ACC Fast Track Countries Tournaments , ACC Premier League , ACC Trophy , ACC T20 Cup , Asian Games, ICC T20 World Cup, World Cricket League गरि सिनियर टिमले करिब ३८ आधिकारिक प्रतियोगिताहरु खेली सकेको छ !

सबै प्रतियोगिताहरु खेलको हिसाबमा महत्वपूर्ण थिय , तर पनि मलाई लाग्छ २००५ मा नेपालमा आयोजित ICC Inter Continental Cup को एसियन रिजन अन्तर्गतको नेपाल , यु ए ई र हङकङ बिचको त्रिदेसिय खेल नेपाली क्रिकेटको कायापलट गर्न पर्याप्त थियो !

ICC Inter Continental Cup , २००६ को छनौट र Inter Continental Cup , २००५ कै मुख्य खेलहरु अन्तर्गत युरोपमा आयर्ल्यान्ड , स्कट्ल्यान्ड र नेदर्ल्यान्ड ; अमेरिकामा बर्मुढा , क्यानडा र केमन आइस ल्यान्ड ; अफ्रिकामा केन्या , नामिबिया र युगान्डा र एसियन रिजनमा नेपाल , यु ए ई र हन्कन्ग भिड्न तम्तयार थिय ! एसियन रिजन अन्तर्गतको नेपाल , यु ए ई र हन्कन्ग बिचको त्रिदेसिय खेल नेपालमा सम्पन भएको थियो !

खेल नम्बर १ : यु ए ई vs हङकङ  – यु ए ई ले ३० अँक बटुल्दै १२.५ अँक बटुलेको हङकङ  लाई स्पस्ट रुपमा ६ विकेटले पराजित गर्यो !

खेल नम्बर २ : नेपाल vs हङकङ  – निरन्तर परेको पानी र त्यसले प्रभावित खेल ड्र रह्यो जसमा नेपालले सम्भव ८.५ र हन्गकन्ग ले ५.५ अँक बटुल्न सफल भयो !

खेल नम्बर ३ : यु ए ई vs नेपाल

– हङकङ  प्रतियोगिताबाट आउट भै सकेको थियो , अब यो सर्बाधिक र दिर्घकालिन महत्वको खेलमा यी दुवै हजारौ नेपाली समर्थकको बिच आमने सामने थिये ! यु ए ई सँग ३० अँक र नेपालसँग मात्र ८.५ अँक थियो ! दुवैलाई हेक्का थियो खेलको महत्व , अनुभवी यु ए ई सामु नेपालको हौसला कायम राख्न चुनौती थियो ! घरेलु समर्थकको अघि खेल्दै थियो नेपाल , जिते इन्द्रको सिंहासन हारे सिधै नर्क जस्तै अवस्था थियो !

– टस जितेको नेपालले आफ्नो फर्स्ट इनिङ २४७/७ मा पुर्याइ  डिकलेयर गर्दा यु ए ई लाई १६४ रनमा रोक्न सफल भयो ! दोस्रो इनिङ १२५/६ मा डिकलेयर गरेको नेपालले यु ए ई लाई समग्रमा २०८ रनको टार्गेट दिदा टि यु मैदान तातिदै थियो ! लक्छ्य तर्फ लम्किदै गर्दा नेपालले यु ए ई लाई ७०/९ को अवस्थामा ल्यायो , हजारौ समर्थकको नाराले मैदान गुन्जदै थियो ! अल आउट हुनु अघिको बलमा यु ए ई को पुछारका ब्याट्सम्यानले छक्का प्रहार गर्दा हामी निभ्नु अघिको दियोको रुपमा बुझ्न पुगेउ त्यो छक्कालाई तर यु ए ई को ड्रेसिङ रुममा खुसी साथ ताली सहित ठुलो हल्ला खल्ला सुनियो ! लगत्तै अर्को बलमा यु ए ई ७६ रनमा अल आउट भै नेपालले खेल १३१ रन ले जित्यो ! अचम्म के देखियो भने दुई पक्छ्य निकै खुसी देखिये टिम यु ए ई र नेपाली समर्थक , तर टिम नेपाल खुसी देखियेको थियेन ! यु ए ई ४१ अँक साथ ग्रुप टप गरेछ भने नेपाल ४०.५ अँकका साथ दोस्रो रह्यो ! समग्र जित हारको अन्तर मात्र ” आधा अँक ” रह्यो र कारण त्यही अल आउट हुनु अघिको छक्का ! नेपाल जितेर पनि हार्न पुग्यो , असीमित मौका हरुबाट बन्चित रह्यो भने यु ए ई हारेर पनि जित्दै घर फर्कियो !

२००६ मा हुने ICC Inter Continental Cup को फर्मेसन ४ दिवसीय हुदै थियो , जसमा नेपाल छनौट हुन सकेको भय समग्र नेपाली क्रिकेटको कायापलट सायद त्यतिखेर बाटै सुरु हुने निस्चित थियो ! १२ टिमबाट ८ मा झार्दै ICC ले २००६ कै Inter continental कप बाट एसोसिएटहरुलाई टेस्ट उन्मुख गराउदै थियो , हाम्रो चुकाइ आधा अँक रह्यो ! आयर्ल्यान्ड , नेदर्ल्यान्ड , स्कट्लयान्ड , नमिबिया , केन्या , क्यानडा , यु ए ई हरु ४ दिवसीयको तयारि गरिरहदा नेपाल भुटान र माल्दिभ्ससँग इमर्जिङ नेसन्स कपको तयारि गर्न बाध्य रह्यो !

सायद नेपाल एसियाको एसोसिएट तर्फ नम्बर एक हुने मौका त्यही आधा अँकले गुमायो !अहिले टिम नेपाल युरोपियन भूमिमा घुडा टेकिरहदा , टिम नेपालले बिर्सन हुन्न त्यो आधा अँक र त्यसले उतिबेलै युरोप यात्रा रोकेको इतिहास ! अहिले अधिकान्स एसोसियट फ्यान , कृकेट बिश्लेसक , नेपाली कृकेटका समर्थकहरु समेत अझै के मान्छन भने टिम नेपाल बारम्बार भाग्यसालि रहदै आयको छ मौसमको कारण, तर त्यो यही प्रतियोगिता हो जहा टिम नेपालको भाग्य उल्टो चक्रमा घुम्यो, पानीको कारण हङकङ बिरुद्दको खेलमा , जसमा सहजै जित निकाल्ने सम्भावना थियो !

आधा अँक र येस्को इतिहासको साछि र त्यसले दियेको चोटमा नेपाली क्रिकेट अहिले थलिने क्रममा छ , भनिन्छ भाग्य भन्दा बढी र समय भन्दा अघि हामी चाहेको चिज पाउदैनौ ! त्यो आधा अँक र त्यसले कोरेको रेखा मुनि छ अहिले नेपाली क्रिकेट ! अहिले तत्कालीन कप्तान विनोद दास सोच्दा हुन कास त्यो आधा अँक नगुम्दो हो त नेपाली क्रिकेट को छितिज कति फैलदो हो !