Cricket Himalaya
Cricket News From Top of The World

नेपाल क्रिकेट संघ : स्थापनादेखी जारी अन्योलताको समाधान सम्म

प्रसान्त मल्ल, अध्यक्ष, रुपन्देही जिल्ला क्रिकेट संघ

वि.स. २००८ सालमा स्थापित नेपाल क्रिकेट संघ विभिन्न आरोह अवरोहलाई पार गर्दै सन १९८८ मा ए सि सि (ACC) को क्वालिफायर सदस्यता प्राप्त गर्न सफल भएकोमा सन १९९६ मा आइ सि सि (ICC) को एसोसिएट राष्ट्रको रुपमा मान्यता प्राप्त गरेको थियो !

नेपालको यो उपलब्धिमा तत्कालीन नेपाल क्रीकेट संघका अध्यक्ष जयनाथ कुमार साह तथा तत्कालीन क्रिकेट एसोसिएन अफ नेपाल CAN का पदाधिकारीहरुको विशेष योगदान रहेको कुरा सर्वबिदितै छ ।

सन १९९६ पछि नेपाली क्रिकेट नया युगमा प्रवेश गर्न थालेको हो, नेपालले एसोसिएट राष्ट्रबिच विशेष पहिचानका साथै सफलता प्राप्त गर्दै थियो, एक स्वर्णिम कालका रुपमा नेपाली क्रिकेटले उल्लेख्य उपलब्धि हासिल गरिरहेको थियोे, जसमा यु १९ टिमले सन २००० तिर बाटै यु १९ टिमको टेस्ट खेल्ने राष्ट्रहरुलाइ समेत पराजित गर्दै विश्व क्रिकेटको ध्यान आफुतर्फ खिच्न सफलता प्राप्त गरेको थियो भने नेपालि राष्ट्रिय टिमले डिभिजन पाचबाट सुरु गरेको आफ्नो यात्रालाई डिभिजन एक सम्म पुर्याउदै २०१४ मा टि२० बिश्वकप नै खेल्न सफल रह्यो, केही बर्श अघिसम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषदले अब टेस्ट खेल्ने राष्ट्रहरुमा नेपाल, अफगानिस्तान र आयरल्यान्डलाई लिन थालिसकेको अवस्थामा दुर्भाग्य नै भन्नुपर्छ, परिस्थिति फेरियेको छ एकातिर अफगानिस्तान र आयरल्यान्ड, ICC पुर्ण टेस्ट खेल्ने मान्यता पाउँदै गर्दा नेपाल भने एकदिवसीय मान्यता प्राप्त गरेको अवस्थामा समेत आधिकारिक निकाय नहुनुको पीडा भोग्दै छ !

नेपालको यत्रो ठुलो उपलब्धि अचानक खस्कदै जानुमा बिविध कारण रहेको मान्यता पाइन्छ ।

क्यान भित्रको चरम राजनीति सङै राजनीतिक दलको निसानामा क्यान पर्नु र आफ्नो कार्यकर्ताको उचित ब्यबस्थापन क्यानमा लगेर गर्दै बिदेश भ्रमणको ब्यबस्था गर्ने ठाँउ क्यानलाई बनाइनु , क्यानको ६० बर्शसम्म चुनाब नगराइ यसमा सहजै रुपमा राजनीतिक दलहरुलाई खेल्ने बाताबरण सृजना गरिदिनु, खेलाडीहरु नेताहरुद्वारा प्रयोग हुनु र क्यानमा रहेकाहरु द्वारा क्रिकेटको बिकास भन्दा आफ्नो महत्वाकांक्षा पुर्ती गर्न लाग्नु नै आजको यो अबस्थाको जिम्मेवार हो भन्ने विभिन्न धारणाहरु पाइन्छ।

बिगत केही समयदेखि विभिन्न पक्षहरु नेपाली क्रिकेटको  समस्या समाधानको लागि आ आफ्नो तर्फबाट प्रयासरत जस्तो रहेको देखिएता पनि साचो रूपमा सबै आफ्नो स्वार्थ सिद्ध गर्न मात्रै सोचिरहेको भान हुन थालेको महशुस सबैले गर्न थालेका छन !

नेपाली क्रिकेटमा सिधा रुपमा क्यान देखिय पनि केही अरु अदक्ष ब्यक्ती र समूहहरु क्यानमा आफ्नो पकड चाहन्छन भने क्यानमा भएकाहरु आफ्नो पकड कुनै मुल्यमा गुमाउन चाहन्नन !

आजको यो अन्योलको अबस्था हेर्दा आइ सि सि (ICC) ले प्रत्यक्ष नेपाली क्रिकेटलाई नियन्त्रण गरेको देखिएता पनि क्यानको उपस्थिति बिना नेपालि क्रिकेट लथालिङ्ग अबस्थामा रहेको छ !

जिल्ला क्रिकेटल संघहरु अस्तित्वमा रहेतापनि आफ्नो मुल निकायसङ आधिकारिकता नरहेको र कुनै राष्ट्रिय प्रतियोगिता सन्चालनमा नरहदा खेलाडीहरुको बृती बिकासमा चरम असर पर्न गैरहेको छ ! जिल्लामा खेलिरहेका खेलाडीहरुमा पनि अन्योलता कायम रहेको छ, उनिहरु सोच्न बाध्य छन कि आफूहरु खेलेर कसरी अगाडि बढने !

समाधान के ?

यदि सबैले बुझेका यी सबै ब्यक्तीहरु एक ठाउमा बसेर निकास निकाल्न कोसिस गरेमा केही दिनमै नेपाली क्रिकेटमा सुखद समाचार सुन्न पाइन्छ, जुन समाचारको पर्खाइमा लाखौ नेपाली क्रिकेटका समर्थकहरु र अन्य स्टेकहोल्डर्सहरु रहेका छन !

यो सब अन्योलताको उचित ब्यबस्थापन भनेकै यसको मुल निकाय क्यान (CAN) लाई सरकारबाट आधिकारिता प्रदान गरि आइ सि सि (ICC) को निलम्बनलाई हटाउन क्रिकेटका स्टेकहोल्डरहरु बिच गोलमेच सम्मेलन गर्दै समस्या समाधान गर्न पहल गर्ने ! यसको लागि विशेष पहल खेलकुदको मुल निकाय राखेपले गर्नु आबश्यक छ तर बिडम्बना राखेपले आजको दिन सम्म पनि यो प्रयास गरेको देखिन्न, जुन कि दुई बर्ष अगाडि राखेप द्वारा चाहिएको कदमको कारण नै आज को यो अबस्थामा नेपाली क्रिकेट पुगेको छ , तथापी भित्री अन्य कारणहरु रहेता पनि प्रमुख कारण यो नै रहेको छ।

अन्तमा अब नेपाली क्रिकेटलाइ निकास दिने हो भने सबै पक्ष एक ठाउमा उभिनु पर्ने आजको आबश्यक रहेको छ र जस्ले नेपाली क्रीकेटको गुमेको साखलाइ फिर्ता गर्दै क्रीकेटमा खेलाडीको रूपमा लागेका हजारौ युवाहरुको भबिस्यलाई सुरक्षीत गर्नेछ ।