Cricket Himalaya
Cricket News From Top of The World

सामाजिक सन्जाल, विशेषगरी फेसबुक ग्रुपहरुको नेपाली क्रिकेटमा योगदान

– खिलाराज नेपाल, कृकेट हिमालय

* कृकेट ग्रुपहरुको उपस्थिति र आवस्यकता 

प्रबिधिको बिकाससगै सामाजिक सन्जाल, विशेषगरि फेसबुक, आमसन्चारको प्रभावकारी माध्यम बन्ने गरेको छ।  ब्यक्तिगत रुपमा कनेक्टेड भएर एकअर्का प्रती नजिक रहन सहज भएको कारण फेसबुक, टुइटर जस्ता सामाजिक सन्जाल प्रभावकारी माध्यम बन्ने गरेका छन । कुनै खास बिसयसग संबंधित रहेर यसप्रती चासो राख्ने सबैलाई एकै ठाँउमा जोडिएर रहन ” फेसबुक ग्रुप ” बनाउने सुबिधा रहदै आएको छ।

नेपाली क्रीकेटका अनुरागीहरुले पनि यसरी क्रीकेटमा चासो राख्ने क्रीकेट समर्थकहरुलाइ एकै ठाँउमा उभ्याउने प्रयास स्वरुप विभिन्न नाममा फेसबुक ग्रुपहरु बनाउने र नेपाली  क्रीकेट सम्बन्धित रहेर सुचना समाचार आदान प्रदान तथा आफ्नो बिचार बिश्लेशण आदान प्रदान गर्ने गरेको देखिन्छ । सन्ख्यात्मक रुपमा हजारौ ग्रुपहरु खुलिसकेका छन सबैको ध्येय नेपाली क्रीकेटलाई माया गर्नेहरुलाइ एकै ठाउमा उभ्याउनु रहेको पाइन्छ यद्यपि निरन्तरताको अभाबमा कति ग्रुपहरु निष्क्रिय रहने गरेका छन भने एकाध मात्र निरन्तरता पाइरहेका देखिन्छन।

* फेसबुकमा कृकेट ग्रुपहरु मार्फत भयका उपलब्धि 

सबैको पहुँचमा पुगेको फेसबुक सुबिधालाइ यसै समय बिताउने माध्यम मात्र नभै केही अर्थपुर्ण रुपले प्रयोग गर्न सकिने सुबिधाको भरपुर उपयोग नेपाली क्रीकेट सम्बन्धी केही  ग्रुपहरु बाट भएको छ।

– देश बिदेशमा रहेका क्रीकेट प्रेमिहरुलाई एकै छानो मुनि ल्याएर एउटा क्रीकेट फेमिली बनाउन यसले मद्दत पुर्याउदै आएको छ।

– देशका कुनाकुनामा हुने गरेका क्रीकेटिङ गतिविधि जुन मिडियाको पहुच बाहिर र पहुच हुदा पनि बेवास्ता गरिएका  गतिविधिलाई फेसबुक ग्रुप मार्फत एकैपटकमा लाखौ क्रीकेट समर्थक सामु पुर्याउदै उदियमान खेलाडीहरुलाइ बाहिर ल्याउन मदत पुग्दै जाने देखिन्छ।

– यी बाहेक  राष्ट्रिय अन्तरास्ट्रिय प्रतियोगितामा नेपालको सम्लग्नता ,खेलाडीहरुको प्रदर्शन बारे नियमित अपडेटेड रहन लाई त क्रीकेट ग्रुप महत्त्वपूर्ण माध्यम बनिसकेको छ ।

* कृकेट ग्रुप मार्फत सन्स्था, क्लब हुँदै अघि बढेको उदाहरण 

फेसबुक मार्फत जोडीएर क्रीकेटिङ गतिविधि बढाउने तथा सन्स्थागत रुपमा समेत अगाडी बढन सकिने कुराको उदाहरण नेपाली क्रीकेट सपोर्टस सोसाइटी ( NCSS ) र नेपालि क्रीकेट फ्यान क्लब ( NCFC ) लगायत फेसबुक ग्रुप मार्फत एकजुट भएर स्थापना हुँदै क्रीकेट बिकासमा योगदान दिएका सन्स्था तथा क्लबले प्रमाणित गरिसकेका छन भने विभिन्न स्थानमा क्रीकेट क्लब बन्ने प्रक्रिया पनि चलिरहेकै छन।

* कृकेट ग्रुप चलाउदाका चुनौतिहरु 

अलग अलग  सोच र अलग अलग बिश्लेश्नण शैलि भएका विभिन्न क्षेत्र, बर्ग , लिङग ,धर्म ,भासा , जात जस्ता बिबिधता ले भरिएका ब्यक्तिहरुलाइ एकै ठाउमा  उभ्याएर ग्रुप रनिङ गर्नु सहज भने छैन । आफ्नो आफ्नो रोजाइका खेलाडी प्रती ब्यक्त गरिने भावना, आफुले रुचाएको खेलाडी टिममा नपर्दा हुने असन्तुष्टि , खेलाडी को प्रदर्शन खस्कदा हुने आलोचना तथा कतिपय भर्खरै क्रीकेट फलो गर्ने गरेका समर्थकबाट निस्कने गाली गलौज आदिले ग्रुपको छबिलाइ धमिल्याउने, जसले गर्दा ग्रुप प्रती बिश्वास र पब्लिकको सम्मान कम हुने चुनौती मुख्य रुपमा रहेको देखिन्छ। खेल तथा खेलाडी प्रतिको सम्मान सबै क्रीकेट समर्थकको मनमा जगाउन सक्नु र क्रीकेट कल्चरको बिकास गर्नमा टेवा पुर्याउनको लागि फेसबुकमा क्रीकेटिङ ग्रुपको महत्त्व उत्ति नै देखिन्छ ।

–