Cricket Himalaya
Cricket News From Top of The World

एभरेष्ट प्रिमियर लिग [EPL] समग्रमा, अब के होला त ?

माघ १७, क्रिकेट हिमालय

इ पि एल आयोजक टिमले आज एक प्रेस कन्फ्रेन्स मार्फत इ पि एल २०१७ को एनालाइसिस र इ पि एल २०१८ को रिभ्यु सार्बजनिक गरेको छ !

१ क्राउड एटेन्डेन्स

एभरेजमा इ पि एल लिग अन्तर्गतका खेलहरुमा ४०००+ , प्ले अफमा ६०००+ र फाइनलमा १६०००+ दर्सकहरु टि यु मैदानमा उपस्थित रहेका थिय !

२ टेलिभिजन लाइभ

इ पि एल अन्तर्गत म्याच एनालाइसिस, लाइभ म्याच, प्रोमो एक्टिबिटिज र म्याच गरि कुल ७१.२५ घन्टा लाइभ ब्रोडकास्ट भयको थियो !

३ अनलाइन प्लेटफर्म

इ पि एल अन्तर्गत अनलाइन सोसल मिडियाहरु फेसबुकमा २ मिलियन र ट्विटरमा १ मिलियन गरि कुल ३ मिलियन समर्थक जोडियेका थिय

४ टिबि भियुअर्सिप

इ पि एल अन्तर्गत ए पि वान मार्फत ब्रोडकास्ट गरियेका खेलहरुमा लिग अन्तर्गत एभरेजमा ०.८ मिलियन , प्लेअफ अन्तर्गत १ मिलियन र फाइनलमा करिब २ मिलियन समर्थकहरु टेलिभिजनमा कनेक्टेड थिए !

५ EPL

११ दिन, १ भेन्यु, १९ खेल, ६ किट्स, ६ सिटिज – यो इ पि एल सन्चालन भयको दिन, खेल र सहभागीको सन्ख्या हो !

विनिङ टिम बिराटनगर वारियर्स ओनर अनुज अग्रवाल ” यो बिराटनगरको मात्र जित नभै समग्र नेपाली क्रिकेटको जित हो, इ पि एल ले नेपाली क्रिकेटमा नया सम्भावनाको ढोका खोलेको छ , क्रिकेटमा लगानी बढ्दै जादा आगामी दिनमा हामी येसको प्रत्यक्ष फाइदा प्राप्त गर्नेछौ

फाइनलिस्ट भैरहवा ग्लाडियटर्स ओनर आदित्य साङ्घाइ ” स्पेसिफिक टिमको जित हार भन्दा पनि इ पि एल मार्फत नेपाली क्रिकेटको जित भयको छ ! स्तर बढेको छ खेल, खेलाडिको हामी खुसी छौ

इ पि एल सि ओ ओ बिनोद दास, ” इ पि एल मा सहभागी समर्थक, स्पोन्सर, स्पोर्ट्स स्टेकहोल्डर्सको व्यापक सहभागिता आफैमा रोमाञ्चक रह्यो, ब्यबस्थापनमा हामी उत्कृष्ट रह्यौ

इ पि एल एम डि आमिर अख्तर , ” यो सिजन उत्कृष्ट रह्यो, अर्को सिजन सर्बोत्कृस्ट हुनेछ इन टर्म्स अफ फरेन प्लयेर्स, क्रिकेटिङ डेज, क्राउड, भिउअरसिप आदिमा ! इ पि एल २०१८ को काम सुरु भै सकेको छ, अहिले भन्दा भब्य र सभ्य बनाउनेमा निस्चिन्त छौ