Cricket Himalaya
Cricket News From Top of The World

आईसीसी, राखेप र क्यान को संयुक्त पत्रकार सम्मेलन, सहमतिको खाका कोरिएको जानकारी

माघ १६, क्रिकेट हिमालय

सन्स्पेन्सनको करिब दुई बर्ष पश्चात् नेपाली क्रिकेटमा जारी सन्कट हट्ने स्पस्ट सन्केत देखा परेको छन !

ICC द्वारा गठित Advisory Board मार्फत संसोधित बिधानलाइ CAN AGM ले २७ बुदामा परिवर्तन गरेपस्चात बारम्बार असन्तुष्टि प्रकट गरेको ICC ले उसमान ख्वाजाको नेतृत्वमा यहि माघ १४ र १५ गते दुई दिने नेपाल भ्रमण गरेको थियो !

नेपाल भ्रमण अन्तर्गत Advisory Board र रा खे प सङको दोश्रो दिनको बैठक टुङिदा केही सकारात्मक सहमती उन्मुख भयको छ ! ICC डेलिगेट्स सहितको पहिलो दिनको छलफल बिना निस्कर्श टुङियेतापनी दोश्रो दिन भने ठोस खालका सहमती भयका छन !

आज रा खे प, एडभाइजरी बोर्ड र CAN को सम्युक्त पत्रकार सम्मेलन मार्फत निम्न बुदाहरुमा सहमति भयको जनायेको छ !

माघ १४ र १५ गते सम्म ICC र Advisory Board एवम रा खे प बिच बैठकमा निम्न सहमतिहरु भयको छ !

१ मोनिटरिङ टिम : यस अघि राखियेको रा खे प , मन्त्रालय प्रतिनिधि सहितको ७ सदस्यीय मोनिटरिङ टिमको सट्टा अब ICC तर्फबाट ३ , CAN तर्फबाट १ र Advisory Board मार्फत १ गरि अब कुल ५ सदस्य मात्र रहने !

२ जिल्ला संघ सम्बन्धमा : त्यसैगरि जुन जुन जिल्ला क्रीकेट संघमा उजुरी पर्छ , बिधानसम्मत भयको छैन त्यहा मोनिटरिङ टिमको निगरानिमा पुन निर्वाचन गरिने छ !

३ अदालतको मुद्दा सम्बन्धमा : निकास निस्कने कुराहरुमा मुद्दा बाधक हुने छैन !

४ विशेष साधारणसभा : लिगल समस्या न आउने किसिमले छिट्टै ICC सङ कन्सल्ट गर्दै मिति तोकिने छ !

रा खे प सदस्यसचिव केसब बिस्ट “ सबैमा कमजोरी रह्यो अब सच्चियेर जानुको बिकल्प छैन, प्रतिबन्ध फुकुवा हुदै अब क्रिकेटमा नया सम्भावना खुलेको छ, अब रा खे प ले हस्तछ्यप गर्ने छैन , आन्तरिक स्टेकहोल्डर्स सबै एकै ठाउमा आयका छौ, एडभाइजरी बोर्डले बनायको बिधान स्विकार गरियेको छ

Advisory Board सम्योजक बिनय राज पान्डे ” ICC ले उठायका चासोहरु सम्बोधन गरियेको छ, अब पनि अन्डर्स्ट्यान्डिङ अनुसार काम नगरिय ICC ले पहल गर्ने छैन, फेरि अवसर आयको छ ! हामिले बाटो बनाइदियेका छौ, यहि बाटोमा हिडे अनेकौ बर्ष क्रिकेट चल्नेछ, जिल्ला बाटै प्रोपर मान्छेहरु आउन मोनिटरिङ त्यही बाटै हुनपर्छ

CAN महासचिव असोकनाथ प्याकुरेल ” जिल्लालाई इम्पावर गर्ने कुरामा हामी सदैब छौ, एग्रीमेन्ट अनुसारै काम गर्नेछौ, सस्पेन्सन हट्ने सर्तमा हाम्रो कुनै अडान छैन